• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

खोप किन्ने अनुमति माग्दै भीमदत्त नगरपालिका

"मन्त्रालय बाधक बन्दैनः स्वास्थ्य प्रवक्ता "
  •  संवाददाता
  • शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको छ । अहिलेको अवस्थामा जनताको स्वास्थ्य सुरक्षा नै प्रमुख रहेको भन्दै मन्त्रालयसँग खोप किन्ने अनुमति माग गर्दै पत्र पठाएको हो ।

    नगरप्रमुख सुरेन्द्र विष्टले मन्त्रालयले अनुमति दिएको खण्डमा नगरपालिकाले खोप किन्न तयार रहेको बताए । विष्ट भन्छन्, ‘जसरी पनि नगरवासीको स्वास्थ्य सुरक्षा गर्नुपर्छ । हामीले सरकारले उपलब्ध गराउने खोप पनि माग गरेका छौँ । त्यो बाहेक आफ्नै खर्चमा हामी किनेर नगरवासीलाई खोप दिन्छौँ । त्यसका लागि मन्त्रालयले अनुमति दिनुपर्छ ।’

    यसै गरी कञ्चनपुरकै बेलौरी नगरपालिकाले खोप खरिदको अनुमति माग गर्दै मन्त्रालयमा पत्र पठाएको छ । खोप खरिद गर्न नगरपालिका सक्षम रहेको भन्दै त्यसको अनुमति माग गरिएको नगरप्रमुख पोतिलाल चौधरीले जनाए ।

    बेलौरी नगरपालिकाले खोप खरिद गरी नगरपालिकासम्म ढुवानी गर्नका लागि अनुमति तथा सहजीकरण गरिदिन आग्रह गर्दै मन्त्रालयमा पत्र पठाएको हो ।

    कैलालीको धनगढी उपमहानगरपालिकाले पनि खोप खरिदका लागि अनुमति मागेको छ । नगरप्रमुख नृप बहादुर बडले नगरवासीबाट खोपको अत्यधिक माग भइरहेको भन्दै सरकारले उपलब्ध गराएको खोपले थोरैलाई मात्र व्यवस्था भइरहेको बताए । खोप किनेर नगरवासीलाई लगाउन सक्षम रहेको भन्दै त्यसका लागि मन्त्रालयसँग अनुमति माग गरिएको उनको भनाइ छ ।

    यस्तै गरी काभ्रेपलाञ्चोक स्थित पाँचखाल नगरपालिका पनि खोप खरिद अनुमति माग गर्दै मन्त्रालयमा पत्राचार गरेको छ । नगरपालिकाले आफ्ना नागरिकका लागि ४० हजार डोज खोप आफै खरिद गर्ने जनाउँदै मन्त्रालयसँग खरिद अनुमति माग गरेको हो ।

    नगरमा १८ वर्षमाथिका करिब २० हजार नागरिक रहेको भन्दै उनीहरूलाई दुई डोज खोप दिनका लागि ४० हजार डोज खोप खरिद अनुमति माग गरिएको नगर प्रमुख महेश खरेलले बताए । मन्त्रालयले अनुमति दिएको खण्डमा प्रक्रिया थालेर चाँडै नगरवासीलाई खोप लगाउने योजना नगरपालिकाको छ । नागरिकलाई बचाउन विकास बजेट कटौती गरेर भएपनि खोप किन्नैपर्ने आवश्यक रहेको उनले जानकारी दिए ।

    आफ्नै खर्चमा खोप खरिद गर्ने अभियानमा पाल्पाको रामपुर नगरपालिका पनि लागि परेको छ । आफ्नै खर्चमा खोप खरिद गर्ने भन्दै त्यसका लागि मन्त्रालयसँग अनुमति माग गरेको छ । नगर प्रमुख रमणबहादुर थापाले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटेरै खोप खरिद गर्ने अनुमति दिन अनुरोध गरेका थिए ।
    यस्तै स्याङ्जाको वालिङ नगरपालिकाले पनि खोप खरिदको अनुमति माग गर्दै मन्त्रालयमा पत्र पठाएको छ । आफ्ना नगरवासीलाई खोप खरिद गरेर लगाउन नगरपालिका सक्षम रहेको भन्दै त्यसका लागि लागी मन्त्रालयसँग अनुमति माग गरिएको हो ।

    सरकारले नै खोप ल्याउन नसकिरहेका बेला स्थानीय तह भने खोप खरिदको अनुमति माग गर्दै धमाधम स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउन थालेका छन् । स्थानीय तहले आफै खोप खरिद गर्ने विषयमा मन्त्रालय भने सकारात्मक देखिएको छ ।

    के भन्छन् मन्त्रालयका प्रवक्ता ?

    मन्त्रालयका प्रवक्ता डा, कृष्णप्रसाद पौडेलले स्थानीय तहलाई खोप खरिद अनुमति दिने विषयमा सकारात्मक रहेको बताए । संघीय सरकारले पनि खोप ल्याउन नसकिरहेका बेला स्थानीय तहले खोप ल्याउन सक्छ भन्नेमा शंका रहेको उनी बताउँछन् ।

    पौडेल भन्छन्, ‘सरकारले राष्ट्रपति स्तरबाट समेत पहल गरिरहेको छ । तर विश्वभर नै अभाव भएका कारण ल्याउन सकिरहेको छैन । यस्तो अवस्थामा स्थानीय तहले खोप ल्याउन सक्छ भन्नेमा पूर्ण विश्वस्त हुन सकिँदैन ।’

    खोप खरिदका लागि निजी क्षेत्रलाई पनि अनुमति दिएको भन्दै उनीहरूले पनि अहिलेसम्म ल्याउन नसकेको बताए । ‘हाम्रो अहिलेको प्राथमिकता भनेको जसरी पनि खोप लगाउनुपर्छ भन्ने हो । निजी क्षेत्र, स्थानीय सरकार र संघीय सरकार सबै मिलेर ल्याउन सक्यौँ भने राम्रो हुन्छ’, पौडेलले थपे ।

    स्वास्थ्य सेवा विभागले तोकेको मापदण्ड, विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खोपलाई मात्र प्रयोग गर्न सकिने उनले जानकारी दिए ।

    उनका अनुसार स्थानीय तहले खोप राख्न सक्ने क्षमता, कस्तो खालको खोप खरिद गर्ने लगायतका विषयमा प्रष्ट भएर आएको खण्डमा त्यसमा विषयमा मन्त्रालय सकारात्मक रहेको छ । -फरकधार 

    • खोप किन्ने
    • भीमदत्त
    शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.