लोकदोहोरी गायक गोपाल जङ्ग थापाले धेरै भए फटाहा जाली बोलको गीत बजारमा ल्याएका छन । सञ्चारकर्मी समेत रहेका थापाले यो गीतमा देशको समसामयिक घटना क्रमलाई प्रस्तुत गर्न खोजेका छन्। उनले गीत मार्फत मनोरञ्जनका मात्र नभई जनजागरण र जनचेतनाको सन्देश दिन खोजेको बताए ।
गायक थापाले जनताको प्रतिनिधिका रूपमा नेतृत्व गर्नेहरू जनता र राष्ट्रप्रति उत्तरदायी हुनु पर्ने भन्दै आफ्नो गीत मार्फत मुलुकमा हुने गरेका बेथिति विरुद्धको आवाज बुलन्द पारेको बताए ।
थापाको स्वर रहेको यस धेरै भए फटाहा जालीको शब्द सङ्गीत चित्रकला बुढा थापाले गरेकी हुन । राज मल्ले छायाङ्कन गरेको म्युजिक भिडियोको सम्पादन जीवन अधिकारीले गरेका छन् । गायक थापाले यसअघि भत्ता पचाउन, नेपालका नेता, क्या राम्रो रै छ नि साँफेबगर, चस्मा लाउँछु कालो, बर पिपल छायाले लगायतका गीत बजारमा ल्याइसकेका छन ।