• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, साउन ०५, २०८२ | Sunday 20th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा
  • १५ मिनेट अगाडि

हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
  • २४ मिनेट अगाडि

बझाङबाट लागुऔषधसहित २ जना पक्राउ
  • ४५ मिनेट अगाडि

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • १७ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • २२ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • २३ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • ३ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • ३ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • ३ दिन अगाडि

ढोका थुनेर आमा–छोरीमाथि मट्टिलेत छर्किएर आगो लगाइयो

  •  संवाददाता
  • सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डोटी-‘खाना खाएर छोरी सँगै सुतेकी थिएँ, मध्यराति कोठाको स्यानो झ्यालबाट कसैले ज्वलनशील पदार्थभित्र फालेपछि कोठामा गन्ध आयो ।

    उठेर हेरेँ, केही देखिएन । फेरि ओछ्यानमा पल्टिएकी मात्र थिएँ, त्यही झ्यालबाट ग्यालेनले मट्टितेल जस्तै ज्वलनशील पदार्थ फाल्न थाल्यो । मैले उठेर भित्रबाट रोक्न खोजेँ, सकिन ।’

    डोटी आदर्श गाउँपालिका–४ रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाटको भनाइ हो यो । दिपायल राजपुरमा रहेको सु–जङ्ग सामुदायिक अस्पतालमा उपचाररत उनी त्यो घटना सम्झँदै भन्छिन् ‘ज्वलनशील पदार्थ फालेर सलाई कोरेर भित्र फालियो, मैले पहिलो काँटी निभाएँ । एकछिनमै अर्को काँटी फाल्यो र आगो टिपीहाल्यो ।’

    उनीले आगोबाट बच्नबाहिर निस्किन खोजिन् तर आक्रमणकारीले बाहिरबाट ढोका थुन्यो । उनी चिच्याइन्, एकोहोरो चिच्याइरहिन् । उनको चिच्याहट छरछिमेकीहरुको कानमा पुग्यो, छिमेकीहरु हतारिएर आएपछि आक्रमणकारी भाग्यो ।

    तर त्यतिबेलासम्म लक्ष्मीको जिउमा आगो सल्किसकेको थियो । उनकी दुई वर्षीया छोरीलाई पनि आगोले टिपिसकेको थियो । ‘राति अध्याँरो थियो, झ्याल पनि सानो थियो, ढोका खोल्न दिएन’ लक्ष्मी भन्छिन् ‘को मान्छे हो, मैले चिन्न सकिनँ ।’

    उनी ज्वलनशील पदार्थ के हो भन्ने पनि छुट्याउन सकिरहेकी छैनन् तर गन्धका आधारमा मट्टितेल हो भन्ने उनलाई लाग्छ । उनको आठ वर्षअघि सन्तोष भाटसँग विवाह भएको थियो । उनीहरुबीच पछिल्लो समय राम्रो सम्वन्ध थिएन । तीन वर्षअछि सन्तोषले अर्को बिहे गरेपछि उनीहरुको सम्वन्धमा झन् फाटो आयो तर लक्ष्मीले श्रीमान् बिरुद्ध कतै उजुर बाजुर गरिनन् ।

    अर्को बिहे गरेपछि सन्तोष कान्छी श्रीमतीसँग बस्न थाले । उनले आफू र छोरीहरुको वास्ता गर्न छोडेपछि लक्ष्मीले गुजारा चलाउन गाउँमै सानो चिया पसल सुरु गरिन् ।

    उनी पसलमै बस्दै आएकी थिइन् । तीन छोरीकी आमा लक्ष्मी फागुन यता श्रीमानसँग बोलचाल समेत बन्द भएको बताउँछिन् । घटनाको समयमा उनकी दुई छोरी बाजेबजैसँग अर्कै घरमा थिइन् ।
    आर्थिक अभाव
    लक्ष्मीलाई स्थानीय अस्पतालले अर्कै अस्पतालमा रिफर गर्न लागेको छ । तर आर्थिक अभावका कारण उनी अन्त जान सकिरहेकी छैनन् । संगैकी छोरीलाई काखी च्याप्दा कम जलिन् तर अस्पतालका अनुसार लक्ष्मीको शरीर आधाभन्दा धेरै जलेको छ ।

    घटनापछि लक्ष्मीका श्रीमान् सन्तोष फरार छन् । लक्ष्मीको कुरुवा बसेका उनका ससुरा गोरे भाट भन्छन्, ‘डाक्टरले अन्त लैजाऊ भन्नुभयो, आफूसँग न पैसा छ, न कसैले ऋण दिन मानिरहेका छन्, कहाँ लैजाने, कसरी उपचार गर्ने भन्ने पनि मलाई केही जानकारी छैन ।’ उनी अस्पतालमा भए दुखेको बेला औषधि त पाइएला भनेर यतै राखेको बताउँछन् ।

    घटनालगत्तै गोरेले छोरा सन्तोषलाई फोन गरेर जानकारी गराएका थिए । तर आफू भारतबाट आएका यात्रु लिएर आएकोले क्वारेन्टिनमै बसेको र निन्द्रा थकानका कारण आउन नसक्ने जवाफ छोरोले दिएको उनी बताउँछन् ।

    आफूहरुले सुरुमै यता उपचार सम्भव नहुने जानकारी गराइसकेको बताउँछन् सु–जंङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायर । उनले भने, ‘उहाँको शरीर आधाभन्दा धेरै जलेको छ, अरु ठाउँ त सुधार हुन सक्छ तर हातको घाउ यताको उपचारले सम्भव छैन ।’ उनी छोरीको अवस्था सामान्य रहेको बताउँछन् ।
    श्रीमानविरुद्ध किटानी जाहेरी
    लक्ष्मीले अँध्यारोको कारण आक्रमणकारीलाई चिन्न नसकेको बताएकी छन् । प्रहरीले भने प्रारम्भिक अनुसन्धानका क्रममा आक्रमणकारी लक्ष्मीकै श्रीमान् सन्तोष भाट रहेको अनुमान गरेको छ ।

    ‘प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा श्रीमानकै हात देखिन्छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ‘यसअघि पनि उनीहरुबीच मनमुटाव रहेछ ।’ यत्रो घटना हुँदासम्म पनि उनी नजिक नआउनु, फोन अफ गरेर फरार रहनुले पनि यसमा थप सशंकित गराएको उनी बताउँछन् ।

    घटनापछि उनले आफन्तहरुलाई फोन गरेर आफूले घटना घटाएको बताएको समेत प्रहरीको दावी छ । उनी भारत छिरिसकेके प्रहरी अनुमान छ ।

    लक्ष्मीका माइती पक्षले आइतबार सन्तोषविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । उनले सन्तोषको खोजी भइरहेको बताएका छन् ।
    अनलाईन खबर 

    • आगो
    • ढोका थुनेर
    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिमका स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा

    • २.
      हसुलियाबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

    • ३.
      बझाङबाट लागुऔषधसहित २ जना पक्राउ

    • ४.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • ५.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ८.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ९.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • १०.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • ८.
      बझाङबाट लागुऔषधसहित २ जना पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.