कैलालि-सामाजिक अभियन्ता लक्ष्मी बोगटीको पहलमा हाम्रो टिम नेपालले कैलालीको गौरीगङ्गा १ माघी शिविर लगाएत कैलालिको विभिन्न ठाउँमा खाद्यान्न सहयोग गरेको छ । कोरोनाका कारण जारी निषेधाज्ञाले गरिब,विपन्न परिवार को बिचल्ली भइरहेको अवस्थामा सहयोग प्रदान गरीएको हो ।
आर्थिक स्थिति कमजोर भएका ६७ घरपरिवारलाई २५ किलो चामल,दुई किलो दाल, एक लिटर तेल,एक प्याकेट नुन वितरण गरिएको अभियन्ता लक्ष्मी बोगटीले बताइन।
‘मैले आफ्नो नाबालक छोरा लाई छोडेर ज्यान लाई दाउ मा राखेर गरिब निमुखा लाई खाद्यान्न तथा आर्थिक सहयोग गरिरहेको छु,’दैनिक जीवन ड्ट कम सँग उनले भनिन,‘यो अवस्था हेर्दा डर त मलाई पनि लाग्छ तर पनि देशमा ठुला ठुला नेताहरू कुर्चीको लागि मात्रै लड्छन्,सरोकारवाला हरूले नै वास्ता नगर्दा हाम्रो टिम आफै लागि परेका छौँ।’
आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने उनले बताइन् ।सहयोगका लागी उनलाई सहकार्य, सहयोग भने विदेशमा रहेका नेपालीहरूले गरिरहेका छन् ।
बोगटीको पहलमा हाम्रो टिम नेपालद्वारा गौरीगङ्गा माघी शिविरमा खाद्यान्न सहयोग
बोगटीको पहलमा हाम्रो टिम नेपालद्वारा गौरीगङ्गा माघी शिविरमा खाद्यान्न सहयोग
![](https://www.dainikjiban.com/wp-content/uploads/2021/05/received_268215388428921.jpeg)
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु