• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • ३ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ३ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ३ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • ३ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

कोरोना कहरकैबीच रोजगारीका लागि भारत जानेको लर्को !

  •  संवाददाता
  • मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना कहरकैबीच सुदूरपश्चिमका नाकाबाट रोजगारीको लागि भारत जानेहरूको संख्या बढ्न थालेको छ । भारतमा नेपालीहरूले काम गर्ने प्रमुख क्षेत्रहरू कलकारखाना, निर्माणको काम र होटल व्यवसायलगायत रोजगारीका क्षेत्रहरू अझै बन्द रहेको भएपनि काम पाइने आसले त्यहाँ जानेको संख्या बढ्न थालेको हो ।

    यहाँको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीबाट रोजगारीकै लागि दैनिक ४ सयको हाराहारीमा नेपालीहरू भारततिर गइरहेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार यी दुई नाका भएर पछिल्लो एक सातामा ३ हजार ४ सयभन्दा बढीको संख्यामा नेपालीहरू भारत पलायन भएका हुन् ।

    झण्डै दुई महिना पहिला भारतमा कोरोना बढेर निषेधाज्ञा जारी गरिएसँगै नेपाल फर्किएका नेपालीहरू अहिले स्वदेशमा खानालाउनको समस्या हुन थालेपछि धमाधम भारत फर्किरहेका छन् । ती मध्ये कति नेपालीहरू भारतमा साहुले बोलाएर फर्किरहेका छन् भने कतिपय नेपाली केही न केही काम गरेर जीविकोपार्जन गरौँला भन्ने आशा बोकी भारत पलायन भइरहेका छन् ।

    यद्यपि भारतमा कोरोना संक्रमण र मृत्युदरमा केही कमी आएको देखिएको छ। योसँगै दिल्ली सरकारले सोमबारदेखि कलकारखाना र निर्माण कार्य खुला गर्ने बताएका छ । तर नेपालीहरू रोजगारीका लागि जाने भारतका अन्य राज्यहरूमा भने निषेधाज्ञा अझै जारी नै छ । अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले भारतका अधिकांश राज्यहरूमा अझै कोरोनाको जोखिम कम नभएको बताए ।

    ‘दिल्लीमा सोमबारदेखि कलकारखाना र निर्माण कार्य खुला गरिने भएपनि अन्य राज्यहरूमा निषेधाज्ञा अझै जारी नै छ,’ सचिव खड्काले भने, ‘कलकारखाना, होटल व्यवसाय र निर्माण कार्यलगायत रोजगारीका अवसरहरू अझै बन्दनै छन्। नेपालीहरूको अलपत्र पर्ने जोखिम अझै टरेको छैन ।’

    नयाँ भेरियन्टसहितको कोरोना भाइरसले आक्रान्त पारेको भारतमा स्थिति अझै सामान्य भइसकेको छैन । यो अवस्थामा यात्रा गर्नु जोखिमपूर्ण हुने खड्काको भनाई छ । उनले कोरोना महामारी केही कम भएपछि मात्र भारत फर्किन नेपालीहरूलाई आग्रहसमेत गरेका छन् ।

    कोरोना महामारीका कारण एकातिर रोगको त्रास छ भने अक्रोतिर भोकको चिन्ता छ । त्यसैले जोखिम मोलेरै भएपनि पेट र परिवार पाल्नका लागि भारत जानुपर्ने बाध्यता रहेका रोजगारीका लागि भारततिर गइरहेकाको भनाई छ । रासस

     

    • कोरोना
    • नागरिक
    मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.