नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनमा निगमले मूल्यवृद्धि गरेको हो ।
ती सबैमा हालको मूल्यमा दुई रुपैयाँ वृद्धि भएको छ । नयाँ मूल्यअनुसार पेट्रोल १२५, डिजल १०८ र मट्टीतेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ ।
मूल्यवृद्धि पश्चात निगमको घाटा १५ दिनमा करिब ५९ करोड २८ लाख छ । जसमध्ये ग्यासमा मात्रै निगमलाई १५ दिनमा ३८ करोड रूपैयाँ घाटा हुने देखिन्छ ।
बढिरहेको कच्चा तेलको मूल्य एंवम अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अवमूल्यन हुनेक्रम जारी रहे आगामी दिनमा पनि भाउ बढाउनुपर्ने बाध्यता रहेको निगमको भनाई छ ।