• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, कार्तिक २४, २०८२ | Sunday 9th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ३ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

रेशम छुटाउने पहलप्रति आपत्ति

"‘सरकारबाटै हामीमाथि अन्याय हुन्छ भने कसलाई गुहार्ने  ?’ "
  •  संवाददाता
  • शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    टीकापुर घटनाका मुख्य दोषी ठहर गरिएका रेशम चौधरीलगायतलाई रिहा गर्ने गरी सरकारद्वारा गठित टोली र थारू कल्याणकारी सभारथारुहट र थारुवान संयुक्त संघर्ष समितिका नेताहरूबीच भएको सहमतिप्रति पीडित परिवारले आपत्ति जनाएका छन् । उनीहरूले सत्ताका लागि अपराधीलाई छुटाउनु पीडितहरूमाथि ठूलो अन्याय हुने बताएका छन् ।

    सरकार र थरुहट संघर्ष समितिबीच मंगलबार भएको ६ बुँदे सहमतिको पहिलो बुँदामा टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलगायत ११ जनाविरुद्ध लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख छ ।

    कैलाली जिल्ला अदालत र पुनरावेदन अदालत दिपायलले दोषी ठहर गरेका व्यक्तिलाई राजनीतिक मुद्दाका नाममा रिहाइ गर्नु अपराधीलाई उन्मुक्ति दिनुबाहेक अरू केही नभएको पीडितहरू बताउँछन् । ‘मान्छे मार्नेलाई छाड्ने कुरा ठीक होइन, चाहे त्यो राजनीतिक होस् वा अन्य कुनै,’ टीकापुर घटनामा मारिएका कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रहरी निरीक्षक केशव बोहराका बुबा प्रेमसिंहले भने, ‘राजनीतिका नाममा जे पनि गर्न पाइन्छ रु, अदालतले समेत दोषी ठहर गरिएकालाई रिहाइ गर्नु पीडितको भावनामाथि खेलवाड गर्नु हो ।’

    उनले सत्ताको खेलमा दोषी छाड्न पहल गर्ने सहमति भएको बताए । ‘अहिले रेशम चौधरीको रिहाइको माग भयो, भोलि थरुहट प्रदेशको पनि माग आउँछ,’ बोहराले भने, ‘त्यतिबेला अखण्ड सुदूरपश्चिमको माग गर्नेहरू के गर्छन् रु’

    सत्ता टिकाउन जुनसुकै सहमति र निर्णय गर्नु उचित नहुने उनले बताए । पछिल्लो समय थरुहटसँगको सहमति पनि सत्ताकै खेल भएको उनको बुझाइ छ । ‘पटक–पटक यही कुरा कहिलेसम्म भनिराख्नुपर्ने हो रु’ मृतक बोहराकी श्रीमती शारदाले भनिन्, ‘हामीले केही मागेका छैनौं, केवल न्याय मागेका हौं, त्यसमा पनि यत्रो खेल भइरहेको छ ।’ उनले टीकापुर घटनाका दोषीलाई रिहाइ गर्ने कुरा उठ्दा पीडितको भावनामाथि खेलवाड भएजस्तो लाग्ने बताइन् । ‘यदि दोषीको रिहाइ हुने हो भने हामीले कानुनी उपचार खोज्न कहाँ जाने,’ शारदाले भनिन्, ‘सरकारबाटै हामीमाथि अन्याय हुन्छ भने कसलाई गुहार्ने, अब त अदालतमाथिको विश्वास पनि कम हुन थालेको छ ।’ कानुन नै फेरेर दोषी छुटाउनु उचित नहुने उनले बताइन् । यसले पीडित र प्रहरीको मनोबल झनै गिर्ने उनको ठहर छ ।

    दोषीलाई रिहाइ गरिए पुनःअदालत जाने शारदाले बताइन् । उनले न्यायका लागि अन्तिमसम्म लड्ने बताइन् । ‘त्यो घटनाले कस्तो पीडा भएको छ, त्यो त हामीले भोगेका छौं,’ उनले भनिन्, ‘माफी दिने कुरामा वा संविधान नै संशोधन गरेर दोषीहरूलाई रिहाइ गर्ने छलफल गर्दा हाम्रोबारेमा सोच्नु पर्दैन रु के हामी यो देशका नागरिक होइनौं  ?’

    टीकापुर घटनामै मारिएका प्रहरी निरीक्षक बलराम विष्टका आफन्तले पनि दोषी छाड्ने विषयमा आपत्ति जनाएका छन् । उनीहरूले पीडितको घाउमा महम लगाउनुको साटो झनै पीडा दिने काम गर्न नहुने बताएका छन् । ‘हामी जस्ता पीडितले न्याय पाउने आसै छैन, बरु झन् अन्याय सहनुपर्ने अवस्था देखिँदै छ,’ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बस्ने विष्टकी श्रीमती मन्धरादेवीले भनिन्, ‘बुढेसकालमा सहारा गुम्यो, अहिले मार्नेलाई छाड्ने कुरा सुन्छु ।’ उनी घरमा एक्लै हुन्छिन् । रेडियो, टेलिभिजन सुन्ने र हेर्ने फुर्सद हुँदैन । छिमेकीहरू वा आफन्तले भनेपछि मात्रै केही थाहा पाउँछिन् । ‘मेरा बालबच्चा सानैमा टुहुरा भए, बुबा भन्न पनि पाएनन्,’ विष्टले भनिन्, ‘तिनलाई कस्तो लाग्दो होला, यो कुरा कसैले सोचेनन् ।’ २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र १ स्थानीय शिशु आन्दोलनकारीबाट मारिएका थिए ।

    • आपत्ति
    • रेशम
    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.