• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

कैलालीमा रोपाइँको चटारो

  •  संवाददाता
  • सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको दक्षिण पूर्वी भेगमा धान रोपाइँ सुरु भएको छ । रानी–जमरा कुलरिया सिँचाइ आयोजनाका कारण नहरमा प्रशस्त पानी आउन थालेपछि चाँडै रोपाइँ सुरु भएको हो ।

    कोरोनाको कहरको चिन्ता नगरी किसानहरू धमाधम खेतमा आली बनाउने, हिल्याउने तथा रोपाइँका लागि ब्याड निकाल्ने काममा व्यस्त छन् । राष्ट्रिय गौरवको रानी–जमरा र कुलरिया सिँचाइ आयोजनाअन्तर्गतका सिँचाइ कुलोको कारण पानीको समस्या नभएपछि रोपाइँ सुरु गरिएको यहाँका किसानहरू बताउँछन् ।

    कैलालीको जानकी गाउँपालिका–४ का किसान रामेश्वर रेग्मीले विगतमा पानीको असुविधाले ढिलो गरी रोपाइँ हुने भए पनि अब भने असार नलाग्दै रोपाइँ सुरु हुन थालेको बताए । ‘यो वर्ष आकाशे पानी पर्न सुरु भइसकेको थियो,’ उनले भने, ‘कुलोमा पनि प्रशस्त पानी भएपछि छिट्टै ब्याड राखेर रोपाइँ सुरु भएको हो ।’ यो वर्ष गत वर्षको जस्तो रासायनिक मलको पनि समस्या नभएको र निषेधाज्ञाका कारण ढुवानीमा भने सास्ती रहेको उनले सुनाए । उनले भने, ‘कुलोमा पानी आएपछि सजिलो भएको छ । पानीको समस्या छैन । पानी नभएर वर्षमा मुस्किलले २ बाली उत्पादन गर्न सकिन्थ्यो । अहिले सजिलै वर्षमा ३ बाली उत्पादन गर्न सकिन्छ ।’

    टीकापुर–८ का किसान धनसिंह साउदले पानी जम्ने खल्ला खेतमा चाँडै रोपाइँ नगरे ढिलो रोप्न नसकिने भएकाले पनि चाँडै रोप्नुपर्ने र कुलामा पानी पनि प्रशस्त भएकाले रोपाइँ थालिएको बताए । यो क्षेत्रमा धानलाई मुख्य बालीका रूपमा खेती गरिँदै आएको छ । रानी–जमरा कुलरिया सिँचाइ आयोजनाको कमान्ड एरियामा १४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । करिब १० हजार हेक्टर जग्गामा धान खेती गरिँदै आएको जनाइएको छ । रोपाइँका लागि अहिले समय भइसकेको कृषि प्राविधिकहरू बताउँछन् । रानी–जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यालयका प्रमुख भरत कँडेलले धानको ब्याडको ठीक समयमा रोपाइँ गरे उत्पादन राम्रो हुने बताए । ‘रोप्नका लागि २२ देखि २५ दिनको बयाड राम्रो मानिन्छ,’ उनले भने ।

    सिँचाइ आयोजनाको नहर निर्माण नहुँदा किसानले देसावर (हरेक वर्ष गाउँभरिका सबैले श्रमदान गरी कुलो खन्ने पुरानो चलन) मार्फत कुलोमा पानी ल्याउनुपर्थ्यो । रानी–जमरा र कुलरिया नहरमा पानी ल्याउन गाउँका बडघरमार्फत सबै किसान भेला गराइ रानी–जमरा र कुलरिया कुलोको मुहान खन्ने परम्परा थियो ।

    • कैलाली
    • रोपाइँको चटारो
    सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.