• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, मङि्सर १९, २०८० | Tuesday 5th December 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्
  • १ दिन अगाडि

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात
  • २ दिन अगाडि

धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
  • ४ दिन अगाडि

भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख
  • १ हप्ता अगाडि

गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो
  • १ हप्ता अगाडि

डेउडा आइडलको तयारी तिब्र
  • १ हप्ता अगाडि

बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर
  • १ हप्ता अगाडि

नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड
  • १ हप्ता अगाडि

सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • १ हप्ता अगाडि

कैलालीका स्थानीय तहमा कोरोना परीक्षण दर घट्दो

  •  संवाददाता
  • सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कैलालीका स्थानीय तहमा स्वाब सङ्कलन घटेको छ । समुदायमा कोरोनाका लक्षण भएका बिरामी घटेपछि कोरोना परीक्षणका लागि आउनेसमेत घटेका स्थानीय पालिकाका स्वास्थ्य शाखाको भनाइ छ।

    विगत एक महिना हेर्दा हाल कोरोना परीक्षणका लागि आउनेको सङ्ख्यामा कमी आएको जोशीपुर गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक शान्ति चौधरीले बताइन्। “शुरुमा त दैनिकरुपमा परीक्षण गरिदिनुप¥यो भनेर फोन आउँथ्यो, हाल त्यस्तो छैन”, चौधरी भनिन्, “हाल सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पनि दुई÷तीन दिनमै रिपोर्ट आउन थालेको छ, सायद चाप कम भएरै होला ।”

    जोशीपुर जस्तै जानकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घटेका छन् । “दुई साताअघिसम्म स्वाब सङ्कलन शुरु गरेको समयमा स्वाब दिन आउनेको निकै भीड लाग्ने गरेको थियो”, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरी भन्छन्, “हाल परीक्षण गर्न आउनेको सङ्ख्या घटेको छ । शुरुका दिनमा त सयौँ नागरिक परीक्षणका लागि आएका थिए, लकडाउनका कारण नागरिक घरमै बस्दा सङ्क्रमण घटेको देखिन्छ, आजभोलि सातामा २० देखि ३० जनासम्म परीक्षणका लागि आउने गरेका छन् ।”

    कैलालीका अधिकांश पालिकाले सातामा दुई दिन कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरेका छन् । भजनी नगरपालिकाले पनि साताको दुई दिन सोमबार र बिहीबार स्वाब सङ्कलन गर्ने गरेको छ । पहिले एकै दिनमा ८० देखि १०० व्यक्ति स्वाब दिन आउने गरेका थिए । अहिले त्यो सङ्ख्या घटेर बढीमा ३० मात्र आउने गरेका छन् ।

    भजनीका स्वास्थ्य शाखा सहसंयोजक कैलाश चौधरी कोरोना परीक्षण गरी पोजेटिभ देखिए गाउँ समाजले हेलाका दृष्टिले हेर्छ भन्ने नागरिकको बुझाइले पनि परीक्षण गर्न आउने घटेका बताउँछन् । “सङ्क्रमितको सङ्ख्यासमेत घटेको छ । अर्कोतर्फ सामाजिक दुव्र्यवहार सहनु नपरोस् भनी मानिस परीक्षणसम्म आउन मान्दैनन्”, चौधरीले भभने, “लामो समय बन्द हुँदा यसले सङ्क्रमण न्यूनीकरणमा समेत सघाएको छ ।”

    टीकापुर नगरपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घटेका छन् । शुरुमा हप्तामा २५० व्यक्तिसम्मको स्वाब सङ्कलन गरिन्थ्यो । अहिले २० जनासम्म मात्र स्वाब दिन आउने गरेका छन् । उक्त नगरपालिकाले मङ्गलबारदेखि गाउँगाउँमा गएर शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी गरेको स्वास्थ्य शाखा संयोजक बलबहादुर रावल बताउनुहुन्छ । “गाउँका मानिस सबै खेतीपातीमा व्यस्त हुन थालेका छन्, लक्षण भएका पनि घरभित्रै बस्नुपर्दा काममा समस्या हुन्छ भनी नआएका पनि हुनसक्छन् भनेर गाउँमै गएर परीक्षण गर्ने तयारी थालेका छौँ”, रावल भन्नुहुन्छ, “लक्षण भएकालाई परीक्षणको दायरामा ल्याउन महिला स्वास्थ्य स्वयम्सेविकालाई खबर गरेका छौँ, हरेक वडामा गएर परीक्षण गर्छौं ।”

    कोरोना लक्षणसहित स्वास्थ्यमा समस्या देखिएमा अनिवार्य परीक्षण तथा उपचारमा आउन टीकापुर अस्पतालका कोरोना फोकल पर्सन चिकित्सक रमेश उपाध्यायको आग्रह छ । “समस्या भएर घरमै लुकाएर बस्दा स्वास्थ्यमा जटिल समस्या भइसकेको हुनसक्छ, हामीकहाँ अन्तिममा श्वासप्रश्वासमा समस्या भएपछि मात्र आउने गर्नाले पछि जोखिम हुन्छ”, चिकित्सक उपाध्याय भन्नुहुन्छ, “समयमै उपचारमा गए रोग पहिचान हुन्छ र समयमै उपचार पाइन्छ, अर्कोतर्फ सङ्क्रमित पहिचान भएमा घरपरिवार र समुदायमा फैलने जोखिम पनि कम हुन्छ ।”

    जिल्लाका सबैजसो पालिकाले कोरोना परीक्षणका लागि स्थानीयस्तरमा स्वाब सङ्कलन गर्ने र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाउने व्यवस्था मिलाएका छन् । अस्पतालले सबै पालिकाको स्वाब परीक्षण गरेर नतिजा सम्बन्धित बिरामीको मोबाइलमा म्यासेज गर्ने व्यवस्था मिलाएको छ । साथै पालिकाले समेत सङ्क्रमितको तथ्याङ्क राख्ने व्यवस्था मिलाएका छन् । जसले सङ्क्रमितको उपचार, उद्धार र राहतमा सहज हुने गरेको छ ।

    सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्याङ्कनुसार कैलालीमा पिसिआर विधिबाट परीक्षण गरिएका १४ हजार ९८४ कोरोना सङ्क्रमित छन् । त्यसमा १३ हजार ८५६ व्यक्ति डिस्चार्ज भइसकेका छन् । कैलालीमा हाल एक हजार ७० सक्रिय सङ्क्रमित छन् ।

    • कोरोना कहर
    सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्
    धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
    भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख
    • भर्खरै
    • चर्चित
    • १.
      एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्

    • २.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ३.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • ४.
      भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख

    • ५.
      गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

    • ६.
      डेउडा आइडलको तयारी तिब्र

    • ७.
      बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर

    • ८.
      नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड

    • ९.
      सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

    • १०.
      पहाडी भूभागको मौसममा आंशिक बदली हुने

    • १.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • २.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ३.
      एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.