छोयो कि जीवन सकियो यस्तो तार बनेको छ !!
एकाअर्कालाई सिध्याइ दिने तरबार बनेको छ !!
यहाँ हरेक मान्छेहरु पैसामा बिकेका देखिन्छन् !
माया, मोह, सम्बन्ध सबै-सबै लाचार बनेको छ !!
तिमीले म खाँदैखाँदैन भनी फालेको रक्सीले !
आज थुप्रैको जीवन चलाउने आधार बनेको छ !!
को आफ्नो को बिरानो खै छुट्याउनै गाह्रो भो !
आफ्नै बा भनौदा बाट छोरी सिकार बनेको छ !!
जातकै कारण उसले कोठा पाएन बस्नलाई !
हेर्नुस् त नियालेर कति तुच्छ संसार बनेको छ !!