नेपाल भारत मैत्री संघले कञ्चनपुरको गौरीफन्टा नाका खटिएका सुरक्षाकर्मीलाई कोरोना भाईरस बिरुद्ध प्रतिकार्य सामाग्री बितरण गरेको छ । शनिवार मैत्री संघले आफ्नो “कोभिड १९ महामारी नियन्त्रणका लागी हाम्रो सानो प्रयास” कार्यक्रम अन्तरगत शनिवार दुबै देशका गौरीफन्टा सिमानाका खटिएका सुरक्षाकर्मीलाई कोरोना भाईरस प्रतिकार्यका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री बितरण गरेको हो ।
दुबै देशको सिमानाकामा खटिएका सुरक्षाकर्मीलाई कोरोना भाईरसबाट बच्न आवश्यक पर्ने माक्स र सेनिटाईजर बितरण गरिएको नेपाल भारत मैत्री संघकी केन्द्रिय सदस्य जागृति बोगटीले जानकारी दिईन् । बढ्दै गएको दोस्रो चरण नयाँ भेरिएन्टको कोरोना भाईरसबाट सिमानाकामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी पनि बढी जोखिममा रहेको बताउँदै उनले दुवै देशका सुरक्षाकर्मीको सद्भाव कायम गर्न दुवै देशका सुरक्षाकर्मीलाई माक्स सेनेटाईजर लगाएत स्वास्थ्य सुरक्षाका सामाग्री बितरण गरिएको बताईन् ।
यस्तै मैत्रि संघले दुबै देशका नाकामा खटिएका सुरक्षाकर्मी छलफल गरेकोे छ । नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष हरि शंकर ठाकुर लगाएत मैत्रिसंघका पदाधिकारीहरुको स्वास्थ्य सामाग्री बितरण तथा भेटघाट कार्यक्रममा सहभागिता रहेको थियो ।