धनगढीमा गरीएको कोरोना परीक्षणमा थप ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९७ नमुना परीक्षण गर्दा ९४ जनाको नेगेटिभ र ३ जनाको रिपोट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार धनगढीका १ पुरुष,कैलालीकै १ महिला र कैलाली बाहिरका १ पुरुषमा सङ्क्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ जना सङ्क्रमण मुक्त भएका छन भने २ जना नयाँ सङ्क्रमित अस्पताल भर्ना भएका छन् । हाल कोरोना अस्थायी अस्पतालमा २२ जना सङ्क्रमितको उपचार भइरहेको छ ।