• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

कञ्चनपुरमा बाँध बगेपछि बस्तीमा बाढी पस्ने जोखिम

  •  संवाददाता
  • सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तीन दिनअघि भीमदत्त नगरपालिका–७ खन्ने खोलामा निर्माण गरिएको झण्डै २०० मिटर तटबन्धसगै बाँध बाढीले बगाएपछि चुरे फेदीका बस्ती जोखिममा परेका छन्। एक घण्टाको पानी पर्दा नै खन्ने खोलामा आएको बाढीले तटबन्धसँगै बाँध भत्काएको हो।

    चुरे क्षेत्रको बस्ती जोगाउन विगतमा तीन किलोमिटर तटबन्धसँगै बाँध निर्माण गरिएको थियो। तर, बाढीले बाँध भत्काएपछि खोला पुरानै रुपमा फर्किने चिन्ता रहेको धर्मा भण्डारीले बताउँछिन्।

    विगतमा समेत खोलमा तटबन्ध र बाँध निर्माण नगरिँदा उब्जाउ खेत बालुवाले पुरिँदै जान थालेपछि त्यस क्षेत्रका बासिन्दा बस्ती छाडेर पलायन हुन थालेका थिए। अहिले पनि ढुंगा, बालुवा र ग्रेगरले भरिएर खोला तटबन्धभन्दा अग्लो भएपछि खोला सहजै बस्ती छिर्ने अवस्था रहेको छ।

    घरपालुवा जनावरको चरन क्षेत्रका प्रयोग हुनु, काठपातको तस्करी बढनु, नदीजन्य पदार्थको उत्खनन् जथाभावी रुपमा हुन थालेपछि केही वर्ष यता चुरे क्षेत्रमा बाढीको प्रकोप बढ्न थालेको छ।

    सुदूरपश्चिम विश्वविद्यालयका प्रध्यापक भुपेन्द्र विष्ट भन्छन, ‘चुरे पहाड संवेदनशील क्षेत्र भएकाले त्यहाँको भौगोलिक अवस्थाको अध्ययन अवलोकन नगरी प्राकृतिक वस्तुहरुको उत्खनन् र संकलन गर्ने कार्य रोक्नु पर्छ। वैज्ञानिक विधिबाट मात्रै नदीजन्य पदार्थको निकासी गर्नु पर्छ।’ खोलाको मुहान थुन्ने हिशाबले बन्ने भौतिक संरचना निर्माणले समेत विपद्को समस्या निम्त्याउँदै आएको उनको भनाइ रहेको छ।

    खन्ने खोलाको दीर्घकालीन व्यवस्थापन नगरे हल्दुखाल, तिलकपुरदेखि महेन्द्रगरसम्म बस्तीमा बाढीले प्रभाव पार्ने भीमदत्त नगरपालिका ७ का वडा अध्यक्ष शंकरबहादुर कुँवर बताउँछन्। खोला नियन्त्रणका लागि पहल गर्नु आवश्यक रहेको बताउँदै उनले त्यस कामका लागि वडाको बजेटले नधान्ने प्रष्टीकरण दिए। नगरपालिका, प्रदेश र संघीय सरकारको ध्यान यसतर्फ जानु आवश्यक रहेको उनले बताए।

    ‘तत्कालका लागि रोकथामको प्रयास भैरहेको छ’ उनले भने, ‘स्थायी तटबन्ध निर्माणका लागि महाकाली सिचाई तेश्रो चरणका कार्यालय प्रमुखले खोलाको अनुगमन पश्चात रु ५० लाखको बजेट छुटयाई यसै महिनाबाटै ठेक्का प्रकृयाबाट काम अगाडी बढाउने अश्वासन पाएका छौं ।’

    खन्ने खोला नियन्त्रण नगरिए महाकाली तेस्रो चरणको नहरका संरचनामा समेत प्रभाव पार्ने जानकारहरु बताउँछन्। महाकाली सिंचाई तेस्रो चरणका कार्यालय प्रमुख रणबहादुर बमले चुरे पहाडका खोला नदीमा आउने बाढीका कारण नहर संरचना समेत जोखिममा परेको बताए। तत्कालै तटबन्ध निर्माणका लागि कार्य अगाडि बढाइने उनले बताए।

    चुरे क्षेत्र भएर बग्ने नदी तथा खोलाहरु तराईको जलाधारको प्रमुख आधारका रुपमा रहेका छन्। विगत केही वर्षदेखि चुरे क्षेत्रमा बढ्दो मानवीय चापले नदीको बाढीले मानवीयसँगै धनको क्षति गर्दै आएको छ। चुरे भएर बग्ने खन्याखोला, कामीकाँटे खोला, रौटेला खोला, मुसेपानी खोला, सुनवरा नदी, झरना खोला, दोदा नदी, स्याली नदी, पथरैया नदी र बल्मा लगायतका नदीले बर्सेनि तराईमा भूक्षय, डुबानमा पार्दै आएको छ। चुरे नजिकका बस्तीमा बालुवा ढुंगाले जग्गा पुरेर बगरमा परिणत गर्दै आएको छ।

    • बाँध बगेपछि
    सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.