१९ वर्षीया किशोरीमाथि सामूहिक जबर्जस्ती करणी गरेको अभियोग लागेपछि फरार रहेका युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का २० वर्षीय सिप्पु खुना रहेको प्रहरीले जनाएको छ। उनलाई वेदकोट नगरपालिका(६, औजाखाली जंगलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ। प्रहरीले सोही मुद्दामा यसअघि वेदकोट नगरपालिका–६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरेको थियो।
गत जेठ २७ गते वेदकोटकी किशोरीलाई बहेला सामुदायिक वनमा सँगै घुम्न गएको बेला सामूहिक जबर्जस्ती करणी गरेको उनीहरूलाई आरोप छ।