मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले निरन्तरको अविरल वर्षाका कारण शनिवार कोशी, कर्णाली लगायतका नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ ।
शनिवार सूचना जारी गर्दै महाशाखाले कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती तथा बबई जलाधारका केही ससाना सहायक नदीहरूमा बाढीको बहाव बढ्दो हुने जनाएको छ ।
महाशाखाले केही स साना नदीहरूमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने भन्दै सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई अपिल गरेको हो