टेकेन्द्र रोकायाको नयाँ गीत “मलाइ त तै सुवा मन पडी” भिडियो सहित सार्वजनिक भएको छ ।उक्त गीतमा लोक प्रिय गायक टेकेन्द्र रोकाय र सबैको लोक प्रिय देउडा गायिका रेखा जोशीको आवाजमा रहेको गीतमा वसन्त चन्दको शब्द रहेको छ । गीत लाई केशव बडुले एरेन्ज गरेका छन् ।
विक्रम चोहानको निर्देशन रहेको भिडियोमा नवराज बराल अर्नभी ढुङ्गाना विक्रम चोहान ले अभिनय गरेका छन् ।
प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।गीतले सुदूर र कर्णाली प्रदेशका हरेक पर्यटन स्थललाई समेटिएको छ।