• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

छोरीहरू आमा फर्किने बाटो कुर्दै,श्रीमान् भन्छन्,जिन्दगी अधुरै रह्यो !

  •  संवाददाता
  • मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    घरमा रुवावासी,गाउँ शोकमग्न छ। श्रीमती बेपत्ता भएको चौथो दिन मृत भेटेपछि अमर धामी असह्य पिडाका बिच न्यायको लडाइमा छन्। २५ बर्सिया श्रीमती अस्मिता धामी मृत अवस्थामा भेटिएपछि उनी घर फर्किन सकेका छैनन् । तीन दिन पछि सोमवार बल्ल शवको पोस्टमार्टम भयो ।अझै उनले रिपोट पाएका छैनन् ।

    ‘जिन्दगी अधुरै रह्यो’

    २०७२ सालमा प्रेम विवाह गरेपछि धामी दम्पती संसार जीते जस्तै उंमगका साथ जीवन गुजारा चलाइरहेका थिए। अमर रोजगारीका लागी भारतमै आश्रित थिए । उनकी श्रीमती अस्मिता घर सम्हालेर बसिरहेकी थिइन् ।

    भारतमा मजदुरी गर्ने अमर बर्ष दिनमा घर देश–परदेश ओहोर–दोहोर गरिरहन्थे। ०७४ साल देखी अस्मिताले पनि वडा नंं। ८ कै जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा काम गर्न थालेपछि घर खर्च चलाउन उनको परिवारलाई निकै सहज भएको थियो । गत वर्ष पहिलो पटक फैलिएको कोरोना महामारीमा घर फर्किएका अमर घरमै थिए ।
    अस्मिता बिहान १० बजे देखी बेलुकी ५ बजे सम्म कार्यालय जान्थिन्,अमर घरमा छोरीहरूको रेखदेख गर्थे । अमर र अस्मिताका दुई छोरी छन् ।
    कोरोना महामारीको समयमा पनि अस्मिताले स्वास्थ्यकर्मीको दायित्व पुरा गरिरहेकी थिइन् ।

    अनी सम्पर्क नै भएन…

    मामाको घर निर्माण भइरहेकाले त्यसअघि अमर दुई दिन घर गएका थिएनन्। असार १ गते उनी घर गए। अवस्था सबै ठिक थियो । अस्मिताले त्यो राती कोरोनाको खोप पुयाउन जानु पर्ने अवस्थाबारे श्रीमान् अमरलाई जानकारी गराइनन्। २ गते बिहान उनी अस्मिता कार्यालय जानु अघि घरबाट निस्किएका निस्के । ‘छोरीहरूलाई आमा–बुवा सँग छोडेर उनी कार्यालय गइनहोला,अमरले भने,‘त्यसपछि उनी खोप पुयाउन गइछिन् तर मलाई एक बचन केही पनि भनिनन्,सधैँ कार्यालय जाने हुनाले मैले पनि उनलाई फोन गरिन् ।’

    साँझ अबेर सम्म पनि अस्मिता त्यो दिन घर फर्किनन् । उनका श्रीमान् अमरले फोन गर्दा स्विच अफ थियो । छोरी र मैले फोन गर्दा मोबाइल स्विच अफ भन्यो,अमरले भने,‘यो भन्दा पहिले पनि कार्यालयको कामले बाहिर जाँदा आफन्तको बस्थिन त्यसैले मैले त्यो दिन चिन्ता गरिन,उनको मोबाइलमा चार्ज पनि कम थियो। भोलि त फोन गर्लिन् भन्ने आस थियो,तर ३ गते दिउँसो सम्म पनि फोन नलागे पछि मैले उनको कार्यालय प्रमुखलाई फोन गरे ।

    ‘उताबाट जवाफ आयो,खोप लिन गइछिन,आज आफन्तकोमा बस्छु,भोलीमात्रै कार्यालय पुग्छु भनेकी थिइन्,आउदैहोलीन्।’
    फेरी अमर नियमित काममै लागे । तर भोलि पल्ट पनि अस्मिताको फोन लागेन। अनि मलाई झन् चिन्ता लाग्न थाल्यो,उनले थपे,‘छोरीहरू पनि मम्मी–मम्मी भन्नथालीन्,रुन थालीन मन सम्हाल्नै गाह्रो भयो।छोरीलाई फकाउन मैले बिस्कुट र चालुचाउ किनिदिए।’

    राती ८ बजे सम्म पनि अस्मिता नफर्के पछि उनले फेरी कार्यालय प्रमुखलाई फोन गरे । म बुझेर खबर गर्छु भन्ने जवाफ आएपछि,अमरले आफन्त सबैलाई फोन गरेर सोधे तर कसैले पनि नदेखेको बताए। छोरीहरूलाई फकाउँदै सुताएर मैले अनिधो नै रात काटे,अमरले भने,‘एकै छिनमा बुझेर खबर गर्छु भनेका कार्यालय प्रमुखले बिहान सम्म फोन गरेनन्,बिहान मैले आफै फोन गरेर सोध्दा खोप पु¥याउनु पर्ने ठाउँमा पनि नपुगेको कार्यालयबाट खबर आयो।’

    त्यसपछि प्रहरीलाई पनि खबर गरेर आफन्तहरूले खोजी कार्य सुरु गरे । ४ गते आफन्त र प्रहरीले खोजी कार्य तीव्र पारे तर कहीँ भेटेनन्। निराश हुँदै फेरी घर फर्किएका अमरले छोरीहरूलाई भुलाउन हम्मे–हम्मे भयो। त्यो रात पनि भोक र अनिन्द्रामै बिताएका उनी बिहान झिस्मीसे बाटै अस्मिताको खोजीमा लागे ।

    प्रहरी र स्थानीयको संयुक्त टोलीले असार ५ गते शनिवार हट्टवानी सामुदायिक वनको एउटा खोल्सोमा मृत फेला पा¥यो । जीवन सँगै काट्छु भन्ने वाचा गरेकी श्रीमतीको शव देख्दा अमरलाई समालिनै गाह्रो भयो।

    बाटो भन्दा करिब ३० मिटर तल शव थियो,कोरोना खोप र चप्पल एकातिर थियो भने,उनको शव अर्को तिर फालिएको थियो,अमरले भने,‘मेरो श्रीमतीलाई कसैले हत्या गरेर नै फालेको हो । सम्हालिन साह्रै गाह्रो भएको छ,शङ्का पनि को माथि गर्नु कसै सँग दुस्मनी थिएन।नसोचेको घटना भयो,मेरो त जिन्दगी नै अधुरै रह्यो? अव न्यायको लडाइमा छु। मृत भेटिएको तीन दिनमा सोमवार बल्ल पोस्टमार्टम भयो।’

    आफ्नै कर्मचारी मृत भेटिदा पनि कार्यालयले र स्थानीय पालीकाले किन चासो दिएका छैनन्,पोस्टमार्टम गर्न पनि किन ढिलाइ गरे उनीहरूले अमरले प्रश्न गरे। ‘सोमवार नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको छु,सत्य तथ्य अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गर्दै हामीले प्रदर्शन पनि गरेका छौँ,अन्तिम सम्म पनि न्यायको लागी लड्छु,’उनले भने।

    आमा फर्किने बाटो कुर्दै छोरीहरू

    अमर र अस्मिताकी दुई छोरी छन् । ६ बर्सिया अनु र ३ बर्सिया रेनु छोरीहरू रुँदै आमा–आमा भन्दै चिच्याइरहेका थिए । मैले म तिमीहरूको आमालाई लिएर आउँछु भनेर उनीहरूलाई घरमै छोडेर आएको हुँ,अमरले भने,‘छोरीलाई मैले जानकारी गराएको छैन,तिमिहरूको मम्मी मामाघर छ भनेको छु,बाटो कुरेर बसेका छन् छोरीहरू उनीहरूलाई कसरी समाल्ने हो थाहा छैन।’

    घटनाको सत्य अनुसन्धान भई दोषीमाथि यथाशीघ्र काम हुनुपर्ने मृतकका आफन्तहरूको माग छ। दोषीमाथि कारबाही र हामीलाई राहत र क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ,अमरले भने निरन्तर न्यायको लागी लडिरहेका छौँ,हाम्रा मागहरूबारे सुनुवाइ भइरहेको छैन।स्वास्थ्य कार्यालयका कर्मचारीहरू त पोस्टमार्टम गर्न पनि तयार थिएनन्,हाम्रो अडानले बल्ल त्यो भएको छ।’

    मृतक अस्मिताका आफन्त नर बहादुर धामीले पनि उनको हत्या नै भएको दाबी गरे । घटनाको प्रकृति हेर्दा हत्या नै भएको देखिएको छ,हामीलाई न्याय चाहिन्छ,हामी न्याय नपाए सम्म निरन्तर लडाइमा हुन्छौँ,उनले भने,‘टाउकोमा पनि गम्भीर चोट थियो,मलद्वार पनि सुनिएको थियो योनीबाट पनि किरा आइरहेको जस्तो देखिएको थियो बल्लाकार पछि हत्या भयोकी भन्ने पनि शङ्का छ,त्यो हो होइन अनुसन्धानले पुष्टि गर्ला तर हामीलाई न्याय चाहिन्छ।’

    ‘नगरपालिकाले आफ्नो कर्मचारीको कार्यालय समयमै वेपक्ता भएर मृत भेटिदा पनि यस बिषयमा सरोकारवालाहरूले चासो दिएका छैनन्,यो दुःखद हो,त्यसैले हामीले प्रदर्शन पनि गरेका हौँ,न्याय मर्न दिँदैनौँ’,उनले भने।
    असार २ गते कार्यालय समयमै वेपक्ता भएकी अस्मिता ५ गते मात्रै मृत फेला परेकी थिइन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, सङ्घीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोलीले अनुसन्धानका गरिरहेका छन् ।

    • अस्ताइन अस्मिता
    • अस्मिता मृत्यु प्रकरण
    • बाटो कुर्दै
    मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.