प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।
प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै काँग्रेस र जनता समाजवादी पार्टी जसपाले बुधवारको प्रदेशसभा बैठक अवरुद्ध पारेको हो।
सभामुखले प्रदेश सभा बैठकको कारबाही सुरु भएको जानकारी गराए लगत्तै काँग्रेसका सांसदहरूले उभिएर विरोध जनाएका थिए ।