बडिमालिका नगरपालिका ३ रजालीका स्थानीयले प्रदेश सरकारलाई रकम फिर्ता लिन पत्राचार गरेका छन्। बजेट विनियोजनमा विभेद गरेको आक्रोश सहीत रकम फिर्ता लिन चुनौति दिएका छन्।
आर्थिक मामिला मन्त्रालयलाई संवोधन गरेर पत्राचार गरिएको छ। रजाली बासीका नाममा लेखिएको पत्रमा मार्तडी रजाली सडकमा हालेको बजेट फिर्ता लिन आग्रह गरेका हुन्। गुटगत मानसीकताले विनियोजन गरेको बजेटले विकास नहुने निष्कर्ष सहीत आर्थिक मामिला मन्त्री प्रकाश शाहलाई लक्षित गरेर आक्रोश पोखेका छन्।
प्रदेश सरकारले क्रमागत बजेट पर्ने उक्त सडममा यो पटक ५ लाख बजेट विजियोजन गरेको छ। गएको वर्ष १० लाख विनियोजन गरिएकोमा यो वर्ष त्यो पनि घटाएको भन्दै रकमफिर्ता लिन आग्रह गरेका छन्।
सामाजिक संजाल फेसबुुक मार्फत सामाजिक संजालमा रजालीबासीको नाम लेखिएको पत्रको बिषय रकम फिर्ता गरिएको भनिएको छ। तत्कालिन जिल्ला बिकास समितिबाट बजेट बिनियोजीत भई बडिमालिका नगरपालिका ९ मेलकाँध रजाली अम्लिस सडक सुरु भएको थियो।
सडकलाई निरन्तरता दिदै पूूर्ब उद्योग मन्त्री कणर्बहादुर थापाले उद्योग मन्त्री हुँदा रजाली अम्लिस जडिबुटी पहुँच मार्गमा रकम बिनियोजित भएर सडकको काम सुरु भएको थियो । सो सडक पछि प्रदेश मातहत प्रदेश भौतिक मन्त्रालय अन्तरगत पूर्वाधार बिकास कार्यालय अछाम अन्र्तगत कार्यन्वयन भईरहेको छ।