बैतडी,११ असार – पहिरोका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालन भएको छ। राजमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
पहिरोका कारण बिहान ९ः०० बजेदेखि अवरुद्ध बनेको राजमार्ग दिउँसो साढे १२ बजेदेखि खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । केही दिनअघि परेको लगातारको वर्षाका कारण खसेको पहिरो आज बिहान पनि खसेको हो ।