डोटी जिल्ला अस्पताल डोटीमा बन्द रहेको ओपीडी सेवा सुरु भएको छ । दोस्रो चरणको कोरोना भाइरसका कारण कम्तीमा पनि तीन महिनादेखि बन्द रहेको ओपीडी सेवा अहिले सङ्क्रमण दर घट्दै गएपछि सुरु गरिएको हो । अस्पतालले ओपीडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको भीड लागेको छ ।
नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको अस्पतालको ओपीडी सेवा अहिले सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा ल्याइएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो ।