नेपाली भाषामा लक्ष्मी माताको आरती सार्वजनिक भएको छ । गायिका मुना रोकाले आफ्नै शब्द,सिर्जना र स्वरमा लक्ष्मी आरती बजारमा ल्याएकी हुन् ।
आरती वन्दनाको लय र संयोजन राज दासले गरेका छन् । ‘माता लक्ष्मीको वन्दना गाउने मेरो सानो प्रयास हो,गायिका रोकाले भनिन्,सक्दो राम्रो बनाउने प्रयास गरेकी छु,आरती भित्रको मन्त्र साझा हो,अन्य शब्द रचना मेरो नै हो।’