• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ०९, २०८२ | Thursday 22nd May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
  • ३ घण्टा अगाडि

दार्चुलामा ४० वर्षीय युवक मृत फेला
  • ३ घण्टा अगाडि

सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
  • ३ घण्टा अगाडि

सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
  • १० घण्टा अगाडि

प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
  • ११ घण्टा अगाडि

वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ
  • ११ घण्टा अगाडि

कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ
  • ११ घण्टा अगाडि

डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु
  • २३ घण्टा अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग
  • २३ घण्टा अगाडि

यसरी गर्नुहोस योगा !

  •  संवाददाता
  • सोमबार, असार १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पछिल्लो समयमा योगको प्रभावकारिताको बारेमा निकै चर्चा हुने गरेको पाइन्छ । स्मरण शक्ति बढाउन, आफ्नो शरीर र मनलाई शान्त राख्न, मोटोपन घटाउन र फूर्तिलो तथा शरिरका अङ्गलाई तन्दुरुस्त राख्नको लागि योग फलदायी भएको बताइन्छ ।तर अझै पनि हामी धेरै मानिसलाई योग कुन अवस्थामा कस्ता मानिसहरुले कसरी गर्दा बढी फलदायी हुन्छ भन्ने थाहा नहुनसक्छ ।

    तल यसका बारेमा चर्चा गरिएको छ

    खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टा र हल्का खाएको दुई घन्टापछि योग गर्नु राम्रो हुन्छ ।

    चस्मा र कन्ट्याक लेन्स झिकेर अभ्यास गर्नुपर्छ । दिसा–पिसाब सकेर मात्र अभ्यास गर्नु राम्रो हुन्छ । हरेक दिन एउटै समयमा २० मिनेटदेखि ९० मिनेटसम्म योग गर्नु राम्रो हुन्छ ।

    प्रत्येक योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्‍याउन सकिन्छ। योग गर्दा खुकुलो तथा सजिलो किसिमको लुगा लगाउनुपर्छ ।

    योग अभ्यासको लागि शान्त, सफा, हावादार तथा न्यानो ठाउँ छनौट गर्नुपर्छ । शरीरलाई जबरजस्ती जोड पर्ने गरी अभ्यास गर्नुहुँदैन । योग अभ्यास सकेर आधा घन्टापछि मात्रै खाना खानु उपयुक्त हुन्छ ।

    महिलाले महिनावारी भएको बेला तल्लो पेटमा बल पर्ने गरी अभ्यास गर्नुहुँदैन । यस्तो बेला कीर्तन, ध्यान, प्रणायम गर्नु राम्रो हुन्छ ।

    सामान्यतया अगाडि टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल उच्च गराउँछ। तर मुटु, हर्निया तथा उच्च रक्तचाप भएकाले यो अभ्यास गर्नु हुँदैन।

    कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गरेपछि मात्रै फाइदा लिन सकिन्छ । उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वास, अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले प्राणायाम गर्दा श्वास रोक्न हुँदैन।

    अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि अथवा विज्ञको सल्लाह लिएर र दीर्घ रोगीले पनि विज्ञको सल्लाहअनुसार योग अभ्यास गर्नुपर्छ।

    यसरी गर्नुहोस् योग

    योग गर्नुअघि सबैभन्दा पहिले सजिलो आसन छान्नुपर्छ । त्यसपछि आसनमा आरामसँग बस्नुपर्छ । आसनमा बसेपछि ढाड र गर्दनलाई सीधा पार्नुपर्छ ।

    योग गर्दा श्वासलाई ध्यान दिनुपर्छ । दिमागलाई स्वस्थ राख्न श्वासप्रश्वासको भूमिका महत्वपूर्ण हुन्छ । अबको स्टेजमा शरीरलाई बिस्तारै हल्कासँग उठाउनुहोस्, सीधा उभिनुहोस्, अनि दुवै खुट्टा एकै ठाउँमा जोडेर राख्नुपर्छ ।

    पूरा शरीरलाई मिलाएर खुट्टा जोडेर राख्नुपर्छ । अब दाहिने गोडालाई बिस्तारै उठाएर देब्रे तिघ्रामा सटाउनुहोस् । श्वास लिएर दुवै हातलाई जोडेर नमस्ते मुद्रामा राख्नुहोस् ।

    अब श्वास छाड्दै दुवै हत्केला माथि लानुपर्छ । त्यही आसनमा ३० सेकेन्डसम्म रहनुपर्छ । दाहिनेतर्फबाट आसनको अभ्यास गरेपछि सन्तुलनका लागि सोही प्रक्रिया देब्रेतिरबाट पनि गर्नुपर्छ ।

    • योगा
    सोमबार, असार १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    दार्चुलामा ४० वर्षीय युवक मृत फेला
    सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
    • भर्खरै
    • चर्चित
    • १.
      शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे

    • २.
      दार्चुलामा ४० वर्षीय युवक मृत फेला

    • ३.
      सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

    • ४.
      सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी

    • ५.
      प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

    • ६.
      वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ

    • ७.
      कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ

    • ८.
      डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु

    • ९.
      निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    • १०.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • १.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • २.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ३.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ४.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • ५.
      बैतडीमा २ महिला माथि धारिलो हतियार प्रहार

    • ६.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ७.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • ८.
      यू–१६ क्रिकेटः सुदूरपश्चिम छनोट बैतडीमा हुने

    • ९.
      विद्यालय शिक्षा विधेयककाे प्रतिवेदन समितिमा पेश

    • १०.
      सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.