धनगढीमा सडकमा लडेका एक पुरुषको मृत्यु भएको छ। धनगढीको सेतोपुल नजिक लडेर बेहोस भएका पुरुषको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बेहोस भएका उनलाई सेती प्रादेशिक अस्पताल पुगाइएको र अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनका अनुसार मृतकको सनाखत भएको छैन्।