• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, चैत ११, २०७९ | Saturday 25th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • १ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

कञ्चनपुरमा मनसुन ६५ हजार नागरिक प्रभावित हुनसक्ने

  •  संवाददाता
  • शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुरमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माण भएको छ। सम्भावित बाढीजन्य प्रकोपलाई मध्यनजर गर्दै प्रतिकार्य योजना बनाइएको हो।

    जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र विपदका क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरुको सहकार्यमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको हो। निर्माण गरिएको योजना अध्यावधिक गर्ने कार्यलाई अगाडि बढाइएको छ।

    रेडक्रसले कञ्चनपुरका नौवटै स्थानीय तहमा प्राकृतिक विपद् तथा जलवायुका कारण मानवीय तथा जीविकोपार्जनमा पर्ने क्षति घटाउन सरकारी, निजी र नागरिक समाजसँग साझेदारी गर्दै समुदायको अग्रसरतामा विपद जोखिम कम गर्ने क्रियाकलापहरुलाई निरन्तरता दिएको छ।

    ‘मौसम पूर्वानुमान माहाशाखाले यस वर्ष नेपालमा औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिसकेको छ,’ रेडक्रस कञ्चनपुरका कार्यालय प्रमुख मनोज उप्रेतीले भने, ‘सुदूरपश्चिम प्रदेशमा पनि यस वर्ष औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान भइरहेको छ। जसमा कञ्चनपुर पनि बाढीजन्य प्रकोपको उच्च जोखिममा रहेको छ।’

    उनका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाका आधारमा बाढीबाट सबैभन्दा बढी भीमदत्त नगरपालिकामा १८ हजार १३ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ। यसैगरी, दोधारा चाँदनी नगरपालिकामा दुई हजार ३३३, बेदकोटमा नौ हजार ४४७, शुक्लाफाँटामा सात हजार ७१३, कृष्णपुरमा नौ हजार ९०, पुनर्वासमा तीन हजार ९२९, बेलौरी नगरपालिकामा आठ हजार १७ जना बाढीबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

    लालझाडीमा चार हजार १९३ र बेलडाडी गाउँपालिकामा ६ हजार ३०० गरी कुल ६५ हजार ३५ जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। कञ्चनपुर जिल्लामा एघार हजार ८२५ घरपरिवार प्रभावित हुन सक्ने आकलन गरिएको छ।

    रेडक्रसले पूर्व सूचना प्रणाली विकासका लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र ९डिइओसी¬०कोे समन्वयमा बाढी पूर्वतयारीका लागि नदी तथा वर्षामापक अवलोकनकर्ताहरुको सम्पर्क नम्बर पुनर्वलोकन गर्ने कार्य पूरा गरेको छ।

    मछेली नदीको उदगम स्थान गोदावरी कोल्मोडा सोत्यासमा नदीमापक टेलिमेट्रिक रडार सिस्टम जडान गर्ने र मछेली नदीको सतहको अवस्था थाहा पाउन दुई ठाउँमा डिस्प्ले बोर्ड राख्ने योजनाअनुसार कार्य भइरहेको कार्यालय प्रमुख उप्रेतीले बताए।

    रेडक्रसले विपद व्यवस्थापन चक्रअनुसार विपद पूर्व तयाीका लागि समुदायमा विपदबारे जागरण गराउने, क्षमतामुलक तालिम दिने, समुदायको विपद प्रतिकार्य योजना वनाउने र समुदायको जोखिमको पहिचानगरी कार्य योजना निमार्ण गर्ने कार्यलाई अगाडी बढाएको छ। नदीले भूक्षय गरी पु¥याउने क्षति रोकथाम र नियन्त्रणका लागि स्थानीय तहसँगको सहकार्यमा जैविक तटबन्धन निर्माणका कार्यहरु गरेको छ।

    जसअन्तर्गत लालझाडी गउँपालिकामा एक हजार ८०० मिटर, कृष्णपुर नगपालिकाकामा ५५० मिटर, शुक्लाफाँटा नगरपालिकामा ३०० मिटर र बेलौरी नगरपालिकामा १५० मिटर जैविक तटबन्ध निर्माण गरिएको रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका अध्यक्ष टेकराज उप्रेतीले जानकारी दिए। पुनर्वास नगरपालिकामा ३०० मिटर जैविक तटबन्धन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।

    यस्तै, नदी प्रभावित समुदायहरुमा विपद व्यवस्थापन समितिमार्फत सब डिभिजन वन कार्यालयसँगको सहकार्यमा २० विघा क्षेत्रफलमा वृक्षरोपण भइरहेको उप्रेतीले बताए।

    नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाअन्तर्गत १५ वटा उपशाखामा दुई हजार ८२१ सदस्य संख्या रहेका छन्। विपद्को घटना भएमा छिटो र प्रभावकारी प्रतिकार्यका लागि उपशाखा परिचालित हुने व्यवस्था गरिएको छ । जिल्लामा प्राथमिक उपचार प्रशिक्षक नौ, क्याडर प्रशिक्षक नौ, एनडिआरटी १०, डिडिआरटी ९६ जना दक्ष जनशक्ति रहेका छन् ।

    जिल्ला शाखाले बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा, कृष्णपुर नगरपालिका, लालभलाडी गाउँपालिका, बेलौरी, पुनर्वास, दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकामा बाढी पूर्वतयारी तथा प्रतिकार्यका लागि खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदल र पूर्वसूचना कार्यदल गठन गर्ने, क्षमतामूलक तालिम सञ्चालन गर्ने र आवश्यक सामग्री वितरण गर्ने काम गरिरहेको छ । समुदायस्थलमा सुरक्षित बाटो, आश्रयस्थल र जोखिम घरको पहिचान गर्ने काम अगाडि बढाएको अध्यक्ष उप्रेतीको भनाइ छ ।​

     

    जिल्लामा घट्ने कुनै पनि विपद् प्रतिकार्यका लागि रेडक्रससँग १०० घरपरिवारका लागि गैरखाद्य सामग्री मौज्दात अवस्थामा राखिएको छ । क्षेत्रीय गोदाममा दुई हजार सेट गैरखाद्य सामग्री मौज्दात अवस्थामा राखिएको रेडक्रसका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्टले जानकारी दिए।

    ‘सामग्री थप आवश्यक भएमा रेडक्रस केन्द्रीय कार्यालयसँग समन्वय गरी उपलब्ध गराउन सकिने छ,’ उनले भने, ‘रेडक्रसले जिल्लामा सातवटा एम्बुलेन्स सञ्चालन गर्दै आएको छ । स्थानीय तहको आर्थिक सहयोगमा बिरामीका लागि निःशुल्क रक्त सेवा उपलब्ध गर्दै आइरहेको छ । अझै यसलाई प्रभावकारी बनाउँछौँ।’

    नेपाल रेडक्रस सोसाइटी एमरेड परियोजनाले बाढी प्रभावित समुदायमा जोखिम घटाउन तथा आम्दानी बढाउनका लागि उखुखेती सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बाढी प्रभावित समुदायमा नदीले कटान तथा पटान गरिएको बगर तथा नदी किनारामा उखुखेतीमार्फत बाढी नियन्त्रणमा मद्दत पु¥याई आम्दानी बढाउने काममा लागेको छ । रेडक्रसले मर्सिकोरको सहयोगमा सञ्चालन गरिरहेको एमरेड परियोजनाले एकातर्फ प्रयोगविहीन भइरहेको बगरलाई पुनः प्रयोग गरी उत्पादनमूलक आयआर्जनका गतिविधि गरेको छ भने अर्कातर्फ बाढीको जोखिमलाई न्यूनीकरण गर्दै माटोको उर्वराशक्ति बढाउन मद्दत गरेको छ ।

    चिनी मिल र स्थानीय तहका कृषि शाखाको समन्वयमा ६८ दशमलव ६५ बिघामा कात्तिके उखुखेती र १८९ दशमलव नौ बिघामा फागुने उखुखेती गरिएको छ । जसबाट ४४८ परिवार प्रत्यक्षरूपमा लाभान्वित भएको परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले बताए।

    उनका अनुसार परियोजनाको तर्फबाट पुराना किसानलाई रासायनिक मलमा सहयोग गरिएको छ । नयाँ किसानलाई उन्नत जातको बीउमा ५० प्रतिशत अनुदान, दुई आख्ले बीउको प्रयोग, बीउ उपचार र ट्रेन्च विधि प्रयोगमा प्रोत्साहन गएिको छ ।

    मुख्यमन्त्री नमूना कृषिगाउँ उखु कार्यक्रमअन्तर्गत साना कृषि औजार वितरण, कृषि जेटिए स्वयंसेवक परिचालन, सघन उखुखेतीसम्बन्धी तालिम, नमूना प्रदर्शनीमा समेत सहयोग गरेका छौँ,’ संयोजक घिमिरेले भने, ‘चिनी मिल र उखु उत्पादक हकहित संरक्षण समितिसँगको सहकार्यमा सघन उखुखेतीसम्बन्धी किसानलाई तालिम, उखुखेती क्षेत्र विस्तारमा पारस्परिक सहयोग, उखुखेती एवं रोग किरा नियन्त्रणबारे चेतनामूलक कार्यक्रम अगाडि बढाइएको छ ।’

    • कञ्चनपुर
    • मनसुन
    शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.