कञ्चनपुर – कञ्चनपुरमा बेवारिसे शव फेला परेको छ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका ९ कालिका बजारस्थित अन्दाजी ६५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
ईलाका प्रहरी कार्यालय दोधरा चाँदनीले घटनास्थलमा मुचुल्का गरेपछि शब परीक्षणको लागि प्रादेशिक स्वास्थ्य केन्द्र दोधराको लाश घरमा राखिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।