• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, मङि्सर २४, २०८२ | Tuesday 9th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १३ घण्टा अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १५ घण्टा अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १५ घण्टा अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १५ घण्टा अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १५ घण्टा अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १५ घण्टा अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

बायो ग्यास प्लान्ट निर्माण गर्दै टीकापुर नगरपालिका

  •  संवाददाता
  • आइतबार, असार २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    टीकापुर नगरपालिकाले सामुदायिक पशु चौपायाबाट उत्सर्जन भएको फोहरबाट बायो ग्यास उत्पादनका लागि प्रक्रिया अगाडि बढाएको छ।

    सामुदायिक छाडा पशु चौपाया व्यवस्थापनमा नगरपालिकाको वार्षिक लाखौँ रकम खर्च हुन थालेको जनाइएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको साझेदारीमा आयोजनाको काम अगाडि बढाइएको छ। एक करोड ६० लाख १४ हजार २६४ को लागतमा नेपाल ऊर्जा विकास कम्पनी काठमाडौँले निर्माणको काम गर्दै आएको छ। यसमा ६५ प्रतिशत केन्द्र र ३५ प्रतिशत नगरपालिकाको लगानीमा आयोजना निर्माण हुन लागेको हो।

    नगरपालिकाले खोटेना भुराखानी सामुदायिक वनमा सामुदायिक पशु चौपाया व्यवस्थापन गर्दै आएको छ। सामुदायिक पशु चौपाया व्यवस्थापनमा मात्रै नगरपालिकाले वार्षिक २० लाखभन्दा बढी रकम खर्च गर्दै आएको छ। बजार तथा गाउँ क्षेत्रमा सामुदायिक पशु चौपायाको सङ्ख्यामा कमी आउन सकेको छैन।

    नगर प्रमुख तपेन्द्रबहादुर रावलले सामुदायिक पशु चौपायाको व्यवस्थापनसँगै त्यसबाट लाभ लिनसक्ने एउटै माध्यम बायोग्यास उत्पादन भएकाले नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन गर्न २०० घनमिटर क्षमताको बायो ग्यास प्लान्ट निर्माण कार्य अगाडि बढाएको बताएका छन्।

    “किसानको समस्या समाधानका लागि सामुदायिक पशु चौपाया व्यवस्थापन गर्न नगरपालिकाले वार्षिक २० लाखभन्दा बढी खर्च गर्दै आए पनि परिणाममा त्यसको उपलब्धि देखिएको छैन”, उनले भने, “ती व्यवस्थापन गरिएका चौपायाको मलमूत्रबाट हामीले बायोग्यास उत्पादन गर्ने तयारी गरेका छौँ। यसले विपन्न वर्गका नागरिकलाई राहत मिल्ने छ।”

    नगर प्रमुख रावलले प्लान्टबाट उत्पादन भएको ग्यास त्यस क्षेत्र वरपर रहेका विपन्न परिवारलाई वितरण गरिने जनाउँदै सामुदायिक पशु चौपाया व्यवस्थापनलाई दिगो राख्न पनि मद्दत पुग्ने बताए।

    नगरपालिकाका इञ्जिनीयर नवराज जोशीले आयोजनाको सम्झौता अगामी माघ महीनामा भएको जनाउँदै चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भए पनि निषेधाज्ञाका कारण योजनाको काम लम्बिएको बताए। “हालसम्म ६० देखि ६५ प्रतिशत काम सम्पन्न भएको छ। अझै म्याद थप गरेर आयोजानको काम अगाडि बढ्छ”, उनले भने, “निर्माण सम्पन्न भइसकेपश्चात् सामुदायिक पशु चौपाया व्यवस्थापन समितिमार्फत् प्लान्ट सञ्चालनमा ल्याइने छ।”

    अहिले पनि सो क्षेत्रमा ४०० देखि ५०० सामुदायिक पशु चौपाया व्यवस्थापन गरिएको छ। सामुदायिक पशु चौपायबाट उत्पादन भएको मलमूत्रबाट ग्यास उत्पादनका साथै प्राङ्गारिक मल उत्पादन योजनासमेत बनाइएको छ।

    उक्त प्लान्टबाट उत्पादन भएको मलमूत्रबाट ग्यास उत्पादनका साथै प्राङ्गारिक मल उत्पादन योजनासमेत बनाइएको छ। उक्त प्लान्टबाट उत्पादन भएको बायोग्यास पहिलो चरणमा ५५ घरधुरीलाई २४सै घण्टा वितरण गरिने जनाइएको छ।

    रासस

    • बायो ग्यास
    आइतबार, असार २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.