धनगढी,२२ असार । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा १०५ नमूनाको परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार धनगढीका २० कैलालीका ११ र अन्य जिल्लाका ८ गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल अस्पतालमा १० जना संक्रमित उपचाररत छन्।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ३ जना निको भई घर फर्किएका छन् भने २ जना अस्पतालमा भर्ना भएका छन् ।