धनगढी – सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमाा थप २१ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा ९५ जनाको नमुना परीक्षण गर्दा थप २१ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट १ जना संक्रमित डिस्चार्ज भएका छन् भने थप ३ जना भर्ना भएका छन्।
हाल अस्पतालमा १२ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जना संक्रमित आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।