• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, मङि्सर १९, २०८० | Tuesday 5th December 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्
  • १ दिन अगाडि

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात
  • २ दिन अगाडि

धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
  • ४ दिन अगाडि

भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख
  • १ हप्ता अगाडि

गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो
  • १ हप्ता अगाडि

डेउडा आइडलको तयारी तिब्र
  • १ हप्ता अगाडि

बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर
  • १ हप्ता अगाडि

नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड
  • १ हप्ता अगाडि

सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • १ हप्ता अगाडि

साउनपछि अवैध मोबाइल सेट नचल्ने

  •  संवाददाता
  • बुधबार, असार २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस लागु गर्न प्राविधिक काम भइरहेको बताएको छ। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिने गरी काम भइरहेको बताए।

    साउन महिनाभरि मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता गराउन समय दिने तयारी गरेको उनको भनाइ छ। प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट आएको अर्थात किनेको मोबाइल नचलाउन आग्रह गरे।

    अहिले मिडियामा आए जस्तो, विभिन्न सामाजिक सञ्जालमा भेटिएको गलत सूचनामा विश्वास नगर्न प्राधिकरणका अध्यक्ष खनालले सचेत गराए।
    साउन महिनापछि भने आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेटले काम नगर्न सक्ने भएकोले दर्ता गर्न अनुरोध गरे।

    आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम लागु हुने भएकाले अवैध रुपमा भित्रिएका मोबाइल सेट नचल्ने हुन सक्छ।
    नेपाल सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दा एमडिएमएस लागु गर्ने घोषणा गरेको छ।

    एमडिएमएस लागु भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट चल्न सक्तैनन्। अर्थात् यस्ता मोबाइलमा सिम कार्ड राखेपनि काम गर्दैन।

    मोबाइल व्यवसायीले एमडिएमएस लागु भएपछि नेपालमा अवैध मोबाइल नै नरहने बताएका छन्। मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष समेत रहेका नेपाल चेम्वर अफ कमर्शका उपाध्यक्ष दिपक कुमार मलहोत्राले एमडिएमएस प्रणाली लागु भएपछि मोबाइल कारोबार पारदर्शी हुने बताए।

    करिब ४० अर्बको मोबाइल कारोवारमा १३ अर्बको कारोबार अबैध हुने बताइन्छ। एमडिएमएस प्रणालीले सबै कारोवारलाई वैध मार्गमा लैजाने उनले बताए।

    यसले राज्यको करको दायरा बढ्ने, चोरी आयात रोकिने र ग्राहक ठगिने क्रम रोकिने अध्यक्ष मलहोत्राले बताए। यस्तै एमडिएमएसमा दर्ता भएका फोनको विवरण तुरुन्त थाहा पाउन सकिने भएकाले मोबाइलको दूरुपयोग गरी हुने अपराध र अपराधी पत्ता लगाउन सजिलो हुने उपाध्यक्ष मलहोत्राले बताए।

    एमडिएमएस प्रणाली पहिलो पटक लागु हुने भएकाले चलिरहेको मोबाइल र विदेशबाट उपहार अनि पर्यटकले बोकेर आउने मोबाइल कसरी चल्न दिने भन्नेबारे मोबाइल फोन आयातकर्ता संघसँग दूरसञ्चार प्राधिकरणले छलफल गरिरहेको छ।

    छलफलको क्रममा चलिरहेको फोनलाई निश्चित समय दिएर आईएमईआई नम्बर दर्ता गर्न लगाउने सुझाव आफूहरुले दिएको अध्यक्ष मलहोत्राले बताए।

    यस्तै पर्यटकले नेपाल घुम्न आउँदा बोकेर आउने फोनलाई १५ दिनसम्म चल्न दिने र फेरि सुचारु गर्नपरे भिषा पासपोर्टको विवरण राखेर गर्न सकिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणलाई संघले सुझाव दिएको छ।

    यसैगरी उपहारमा आएको फोनलाई दर्ता गर्नुअघि भन्सारको प्रक्रिया पूरा गरेर मात्रै चल्न दिने व्यवस्था मिलाउन सुझाव दिएको अध्यक्ष मलहोत्राले बताए।

    उपहार आएको फोन पहिलो १५ दिन चलाउन कुनै बाधा नगर्न पनि सुझाव दिएको उनले बताए। एमडिएमएस लागु भएपछि मोबाइल फोन आयातकर्ताले आयात गरेको सम्पुर्ण मोबाईल फोनको आईएमईआई नम्बर दूरसञ्चार प्राधिकरणमा दर्ता गरेर मात्र विक्री वितरण गर्नेछन्।

    • अवैध मोबाइल सेट
    बुधबार, असार २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीका शक्ति पिठहरुमा जात्राको रौनक
    बाजुराका भूकम्पपीडित चिसोले बिरामी पर्न थाले !
    आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
    • भर्खरै
    • चर्चित
    • १.
      एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्

    • २.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ३.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • ४.
      भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख

    • ५.
      गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

    • ६.
      डेउडा आइडलको तयारी तिब्र

    • ७.
      बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर

    • ८.
      नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड

    • ९.
      सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

    • १०.
      पहाडी भूभागको मौसममा आंशिक बदली हुने

    • १.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • २.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ३.
      एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.