कञ्चनपुर–भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको उद्धार गरिएको छ।
शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट बुधबार युवतीको उद्धार गरेको हो। उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ।
भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको पुनःस्थापना गृह दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले जानकारी दिइन्।
यसरी अवैधरूपमा भारत जाने युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको उनले बताइन्