• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, कार्तिक २७, २०८२ | Wednesday 12th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

कञ्चनपुरमा जग्गा प्राप्तिमै अड्कियो डम्पिङ साइट

  •  संवाददाता
  • शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुरको भीमदत्त नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र ९डम्पिङ साइट० का लागि जग्गा खोजी गर्न थालेको लामो समय भयो । पछिल्लो पटक एसियाली विकास बैंकको क्षेत्रीय सहरी विकास कार्यक्रम ९आरयूडीपी० लागू भएपछि जग्गा प्राप्तिका लागि जनप्रतिनिधिदेखि कर्मचारीसम्म सबै लागेका छन् । तर हालसम्म पनि जमिनको टुंगो लागेको छैन ।

    भीमदत्त नगरपालिका ३, ८ र ९ मा रहेको सिद्ध सामुदायिक वनमा जमिन प्राप्त भए पनि स्थानीयको विरोधका कारण काम अगाडि बढ्न सकेन । जसका कारण ३ अर्ब बढीको आरयूडीपी कार्यक्रम नै प्रभावित हुन सक्ने देखिएको छ । सामुदायिक वनका पदाधिकारीले जमिनदिने सहमति जनाए पनि अन्य उपभोक्ताले भने डम्पिङ साइट निर्माण गर्न नदिने अडान लिएका छन् ।

     

    ‘अब जमिन खरिद गरेर भए पनि काम अगाडि बढ्छ,’ भीमदत्त नगरपालिकाको वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाले भने, ‘त्यसका लागि दुईरतीन ठाउँमा जमिन प्राप्त भएको छ, प्राविधिक हिसाबाले ठीक भएरनभएको परीक्षणपश्चात खरिद प्रक्रिया अघि बढ्छ ।’ उनले सामुदायिक वनको जमिनका विषयमा पनि स्थानीयसंँग छलफल जारी रहेको बताए । फोहोरमैला व्यवस्थापनका लागि मात्रै ६० करोड बढी बजेट छुट्याइएको छ ।

    डम्पिङ साइटका लागि २५ देखि ३० बिघासम्म जमिन आवश्यक पर्छ । नगरपालिकामा दैनिक १४ टन फोहोर उत्पादन हुने गरेको वातावरण शाखाले जनाएको छ । जसमध्ये आधा मात्रै संकलन हुने गरेको छ । डम्पिङ साइटको अभावमा अहिले संकलित फोहोर बजार क्षेत्रकै खाल्डा पुर्न फालिने गरेको छ ।

    नगरपालिकामा आरयूडीपी कार्यक्रमअन्तर्गत साढे ३ अर्ब बजेट आएको छ । जसको पहिलो सर्त एकीकृत डम्पिङ साइट निर्माण गर्नुपर्ने रहेको छ । यसबाहेक दुवैतर्फ नाली र फुटपाथसहितको ३६ किलोमिटर सडक कालोपत्रे हुनेछ । उक्त कार्यक्रमअन्तर्गत अहिले महेन्द्रनगर बजार क्षेत्र र महेन्द्रनगर–झोलुंगे सडक खण्ड विस्तारको काम भइरहेको छ । १४ किमि सडक स्तरोन्नतिका लागि १ अर्बमा ठेक्का सम्झौता भएको छ ।

     

    कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा पनि करिब ५ किमि सडक स्तरोन्नति, प्रशासनिक भवन निर्माण र एकीकृत फोहोरमैला व्यवस्थापनका लागि २ अर्ब बजेट छुट्याइएको छ । सडक र प्रशासनिक भवन निर्माणको काम अघि बढे पनि फोहोरमैला व्यवस्थापनको काम सुरु हुन सकेको छैन । ‘फोहोरमैला व्यवस्थापन केन्द्रका लागि पनि ठेक्का प्रक्रिया अघि बढेको छ,’ शुक्लाफाँटा नगरपालिकाका इन्जिनियर दीपक धामीले भने, ‘अझै सम्झौता भइसकेको छैन ।’ उनकाअनुसार वडा नं. ११ को कृष्ण सामुदायिक वनमा जमिन प्राप्त भइसकेको छ । १४ बिघामध्ये आधा जमिन प्राप्त भएको र आधा प्राप्तिको प्रक्रिया अघि बढेको उनले बताए ।

    शुक्लाफाँटामा पनि जमिनकै समस्याका कारण फोहोरमैला व्यवस्थापन केन्द्रको काम अघि बढ्न नसकेको हो । पछिल्लो समय जमिन प्राप्त भएपछि ठेक्का प्रक्रिया अघि बढेको छ । तर अझै आधा जमिन उपलब्ध गराउन सामुदायिक वनका उपभोक्ताले विभिन्न योजनाहरू माग गरेका छन् ।

    • कञ्चनपुर
    • जग्गा प्राप्ति
    • डम्पिङ साइट
    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.