नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव र सर्वोच्च अदालतको फैसलापछि उत्पन्न अवस्थाका विषयमा छलफल हुनेछ।
यसअघि सोमबार नै बैठक बसेपनि माधवकुमार नेपालसहितको सहभागितामा बैठक बस्नका लागि अनौपचारिक छलफलपछि आजसम्मका लागि सारिएको थियो। बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने बताइएको छ।