• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर २९, २०८२ | Sunday 14th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • १ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ५ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ५ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ५ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ५ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ५ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ५ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

७ साउनभित्र विश्वासको मत लिने देउवाको तयारी

  •  संवाददाता
  • शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रावधानअनुसार २७ साउनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । यसअघि १ सय ४६ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका देउवालाई सोमबार सर्वोच्च अदालतले फैसला गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।

    देउवालाई प्रधानमन्त्रीमा समर्थन रहेको भन्दै नेकपा एमालेमा माधवकुमार नेपाल पक्षधरका २३ सांसदले पनि हस्ताक्षर गरेका थिए । पछि सर्वोच्चमा रिट निवेदन दिँदा पनि यी सांसद सर्वोच्च अदालत पुगेका थिए ।

    तर, पछिल्लो समय नेकपा एमालेमा देखिएको विवाद समाधान हुन सक्ने सम्भावना बढ्दै गएको विश्लेषण आइरहँदा प्रधानमन्त्री देउवाले सकेको छिटो विश्वासको मत लिने तयारी गरेका छन् ।

    ‘उहाँले एक महिना कुर्नुको कुनै कारण नै छैन, जतिसक्दो छिटो विश्वासको मत उहाँले लिनु भयो भने सरकार स्थायी हुने र यसले गर्ने कामहरु व्यवस्थित गर्न सकिने हुँदा उहाँले छिटै विश्वासको मत लिने योजना बनाउनु भएको हो,’ देउवानिकट एक नेताले फरकधारलाई बताए ।

    अर्कोतिर प्रधानमन्त्री देउवाले पहिले विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा काम गर्दा आफूलाई सहज हुने र पाँच दलीय गठबन्धनमा पनि विवाद उत्पन्न नहुने अनुमान गरेका छन् ।

    ‘पहिले विश्वासको मत लिन सकियो भने भोलि मन्त्रिपरिषद् विस्तारमा धेरै कचकच नहुने पनि अर्को अनुमान हो,’ ती नेताले भने, ‘त्यसैले प्रधानमन्त्रीज्यूले पहिले विश्वासको मत लिनुहुन्छ र मन्त्रिपरिषद् विस्तार गर्नुहुन्छ ।’

    कांग्रेसका ६२ जना, माओवादी केन्द्रका ४९ जना, जसपा (उपेन्द्र यादव समूह)का १२, राष्ट्रिय जनमोर्चाका १ जना र माधवकुमार नेपाल पक्षका २३ जनाले विश्वासको मत दिएको खण्डमा देउवा अब यो प्रतिनिधिसभाको बाँकी अवधिभर प्रधानमन्त्री हुनेछन् । त्यसपछि पनि उनको नेतृत्वमा नै निर्वाचन हुनेछ । त्यसैले पनि देउवा बाँकी अवधिका लागि प्रधानमन्त्रीमा रहिरहन विश्वासको मत छिटो लिने पक्षमा छन् ।

    ‘एमालेमा माधवकुमार नेपाल समूहले पनि देउवालाई छिटो विश्वासको मत लिन सल्लाह दिएको छ,’ देउवानिकट ती नेताले भने, ‘नेपाल समूहले देउवालाई यसअघि नै विश्वासको मत दिन्छु भन्ने वचन दिइसकेको छ । तर, यसका लागि लामो समय लम्ब्याउँदा एमालेमा पछिल्लो समय देखिएको खटपट समाधान गर्न समस्या हुने उनीहरुको बुझाइ छ ।’

    उनका अनुसार माधवकुमार नेपाल पक्षधरले छिटो देउवालाई विश्वासको मत दिएर पार्टीमा एकीकरण हुने सम्भावना भएमा त्यसमा वार्ताहरु अगाडि बढाउन चाहन्छन् ।

    ‘उहाँहरु यता दिएको वचन पहिले पूरा गरौँ, बरु सरकारमा नगए पनि हुन्छ,’ ती नेताले दाबी गरे, ‘त्यसपछि हामीले पार्टीमा एकीकरण गर्ने वा विभाजन गर्ने भन्ने विषयमा अन्तिम निचोडका साथ कामहरु अगाडि बढाउन सक्छौँ भन्नेमा हुनुहुन्छ ।’

    हामीले के माधवकुमार नेपाल पक्षधर सांसदहरुको तयारी यस्तो हो भन्ने प्रश्न नेपालनिकट एक नेतालाई सोध्यौँ । उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिन हामी बाध्यात्मक अवस्थामा छौँ, यसअघि उहाँका लागि हस्ताक्षर गर्ने र अहिले विश्वासको मत दिन्नौँ भन्न हामीले मिल्दैन । उहाँले संसद अधिवेशन सुरु भएको केही दिनमा नै विश्वासको मत लिनुहुन्छ र त्यसमा हामी उहाँको समर्थनमा देखिन्छौँ । त्यसपछि हामीले हाम्रो पार्टीको विवाद मिलाउन अगाडि बढ्ने योजनामा काम गर्छौँ ।’

    यसअघि एमालेका सांसद विरोध खतिवडाले पनि आफूहरुले रिट निवेदनमा माग गरेको कुरा देउवालाई प्रधानमन्त्री बनाउने मात्र नभएर प्रतिनिधिसभाको वा सरकारको स्थायीत्व भएकाले देउवालाई आफूहरुले विश्वासको मत दिने संकेत गरेका थिए ।

    एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सुझाव पनि देउवालाई छिटो विश्वासको मत लिनु पर्ने भन्ने छ ।

    त्यसैले देउवाले प्रतिनिधिसभा सुचारु भएको तीन÷चार दिनमा विश्वासको मत लिन प्रयास गर्ने उनीनिकट नेताको दाबी छ ।

    • विश्वासको मत
    शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • २.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.