• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, जेठ ०७, २०८२ | Tuesday 20th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो
  • २० घण्टा अगाडि

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
  • २० घण्टा अगाडि

लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ
  • २० घण्टा अगाडि

कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति
  • २० घण्टा अगाडि

सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए
  • १ दिन अगाडि

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण
  • १ दिन अगाडि

देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
  • १ दिन अगाडि

बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड
  • २ दिन अगाडि

सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ
  • २ दिन अगाडि

७ साउनभित्र विश्वासको मत लिने देउवाको तयारी

  •  संवाददाता
  • शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रावधानअनुसार २७ साउनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । यसअघि १ सय ४६ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका देउवालाई सोमबार सर्वोच्च अदालतले फैसला गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।

    देउवालाई प्रधानमन्त्रीमा समर्थन रहेको भन्दै नेकपा एमालेमा माधवकुमार नेपाल पक्षधरका २३ सांसदले पनि हस्ताक्षर गरेका थिए । पछि सर्वोच्चमा रिट निवेदन दिँदा पनि यी सांसद सर्वोच्च अदालत पुगेका थिए ।

    तर, पछिल्लो समय नेकपा एमालेमा देखिएको विवाद समाधान हुन सक्ने सम्भावना बढ्दै गएको विश्लेषण आइरहँदा प्रधानमन्त्री देउवाले सकेको छिटो विश्वासको मत लिने तयारी गरेका छन् ।

    ‘उहाँले एक महिना कुर्नुको कुनै कारण नै छैन, जतिसक्दो छिटो विश्वासको मत उहाँले लिनु भयो भने सरकार स्थायी हुने र यसले गर्ने कामहरु व्यवस्थित गर्न सकिने हुँदा उहाँले छिटै विश्वासको मत लिने योजना बनाउनु भएको हो,’ देउवानिकट एक नेताले फरकधारलाई बताए ।

    अर्कोतिर प्रधानमन्त्री देउवाले पहिले विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा काम गर्दा आफूलाई सहज हुने र पाँच दलीय गठबन्धनमा पनि विवाद उत्पन्न नहुने अनुमान गरेका छन् ।

    ‘पहिले विश्वासको मत लिन सकियो भने भोलि मन्त्रिपरिषद् विस्तारमा धेरै कचकच नहुने पनि अर्को अनुमान हो,’ ती नेताले भने, ‘त्यसैले प्रधानमन्त्रीज्यूले पहिले विश्वासको मत लिनुहुन्छ र मन्त्रिपरिषद् विस्तार गर्नुहुन्छ ।’

    कांग्रेसका ६२ जना, माओवादी केन्द्रका ४९ जना, जसपा (उपेन्द्र यादव समूह)का १२, राष्ट्रिय जनमोर्चाका १ जना र माधवकुमार नेपाल पक्षका २३ जनाले विश्वासको मत दिएको खण्डमा देउवा अब यो प्रतिनिधिसभाको बाँकी अवधिभर प्रधानमन्त्री हुनेछन् । त्यसपछि पनि उनको नेतृत्वमा नै निर्वाचन हुनेछ । त्यसैले पनि देउवा बाँकी अवधिका लागि प्रधानमन्त्रीमा रहिरहन विश्वासको मत छिटो लिने पक्षमा छन् ।

    ‘एमालेमा माधवकुमार नेपाल समूहले पनि देउवालाई छिटो विश्वासको मत लिन सल्लाह दिएको छ,’ देउवानिकट ती नेताले भने, ‘नेपाल समूहले देउवालाई यसअघि नै विश्वासको मत दिन्छु भन्ने वचन दिइसकेको छ । तर, यसका लागि लामो समय लम्ब्याउँदा एमालेमा पछिल्लो समय देखिएको खटपट समाधान गर्न समस्या हुने उनीहरुको बुझाइ छ ।’

    उनका अनुसार माधवकुमार नेपाल पक्षधरले छिटो देउवालाई विश्वासको मत दिएर पार्टीमा एकीकरण हुने सम्भावना भएमा त्यसमा वार्ताहरु अगाडि बढाउन चाहन्छन् ।

    ‘उहाँहरु यता दिएको वचन पहिले पूरा गरौँ, बरु सरकारमा नगए पनि हुन्छ,’ ती नेताले दाबी गरे, ‘त्यसपछि हामीले पार्टीमा एकीकरण गर्ने वा विभाजन गर्ने भन्ने विषयमा अन्तिम निचोडका साथ कामहरु अगाडि बढाउन सक्छौँ भन्नेमा हुनुहुन्छ ।’

    हामीले के माधवकुमार नेपाल पक्षधर सांसदहरुको तयारी यस्तो हो भन्ने प्रश्न नेपालनिकट एक नेतालाई सोध्यौँ । उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिन हामी बाध्यात्मक अवस्थामा छौँ, यसअघि उहाँका लागि हस्ताक्षर गर्ने र अहिले विश्वासको मत दिन्नौँ भन्न हामीले मिल्दैन । उहाँले संसद अधिवेशन सुरु भएको केही दिनमा नै विश्वासको मत लिनुहुन्छ र त्यसमा हामी उहाँको समर्थनमा देखिन्छौँ । त्यसपछि हामीले हाम्रो पार्टीको विवाद मिलाउन अगाडि बढ्ने योजनामा काम गर्छौँ ।’

    यसअघि एमालेका सांसद विरोध खतिवडाले पनि आफूहरुले रिट निवेदनमा माग गरेको कुरा देउवालाई प्रधानमन्त्री बनाउने मात्र नभएर प्रतिनिधिसभाको वा सरकारको स्थायीत्व भएकाले देउवालाई आफूहरुले विश्वासको मत दिने संकेत गरेका थिए ।

    एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सुझाव पनि देउवालाई छिटो विश्वासको मत लिनु पर्ने भन्ने छ ।

    त्यसैले देउवाले प्रतिनिधिसभा सुचारु भएको तीन÷चार दिनमा विश्वासको मत लिन प्रयास गर्ने उनीनिकट नेताको दाबी छ ।

    • विश्वासको मत
    शुक्रबार, साउन ०१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो
    गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
    कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति
    • भर्खरै
    • चर्चित
    • १.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • २.
      गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन

    • ३.
      लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

    • ४.
      कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति

    • ५.
      सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए

    • ६.
      एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

    • ७.
      देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

    • ८.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ९.
      सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ

    • १०.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • १.
      सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव भेटियो

    • २.
      लागूऔषधसहित कञ्चनपुरबाट ४ जना पक्राउ

    • ३.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ४.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • ५.
      गोदावरीमा भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु

    • ६.
      कञ्चनुरको कृष्णपुरमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

    • ७.
      सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार

    • ८.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ९.
      गोदावरी नगरपालिका– ४ मा चित्रकला प्रतियोगिता सम्पन्न

    • १०.
      कर्णाली नदीमा एक जना बेपत्ता

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.