कैलालीमा बाल कल्याण संघले एक हजार ५ सय २४ जना विद्यार्थीलाई अध्ययन सामग्री वितरण गरेको छ । संघले विद्यालयहरु बन्द रहेको अवस्थामा बालबालिकालाई अध्ययनमा सहयोग पुगोस् भनी वल्डभिजनको आर्थिक सहयोगमा स्वअध्ययन सामग्री वितरण गरेको हो ।
संघले कैलालीका ४ स्थानिय तह टीकपुर नगरपालिकाका कक्षा १-५ सम्मका २५० जना बालबालिका, भजनी नगरपालिकाका ४९९ , घोडाघोडि नगरपालिकाका बालबिकास देखि कक्षा ३ सम्मका ६३३ जना ,कैलारी गांउपालिकाका बालबिकास देखि कक्षा ३ सम्मका १४२ जना गौरिगंगा नगरपालिका वडा १० र ११ मा ४४५ जना बालबालिका गरि कुल १५२४ जना बालबालिका गरि कुल १५२४ जना बालबालिकालाई अध्ययन सामग्रि बितरण गरिएको बाल कल्याण संघ टीकापुरका कार्यक्रम ब्यवस्थापक सुगम रेग्मीले जानकारी दिनुभयो।
कोरोना महामारीले बिधालयहरु बन्द रहेका र बालबालिकामा पढ्ने बानी हराउंदै गएकाले उनिहरुमा पढ्ने बानी र सिकाई को बिकास र निरन्तरता रहिरहोस भन्ने उदेश्यले स्वअध्ययन सामग्रि बितरण गरिएको ब्यवस्थापक रेग्मिले जानकारी गराउनु भयो। बाल बिकास देखि कक्षा ५ सम्मका बिधार्थिहरुलाई स्वअध्ययन पुस्तक, कापि, कलम, ईरेजर र कलर पेन्सिल उपलब्ध गराईएको छ। यसले बिधार्थिहरुमा घरमै रहेको अवस्थामा पनि पढ्ने बानिको बिकास हुने अपेक्षा लगेको संस्थाले जनाएको छ।