कैलालीको घोडाघोडी नगरपालीका वडा न ११ का वडा अध्यक्ष दान सिँह जोगि विरुद्ध नाराबाजीमा उत्रिदै सोमबार स्थानियले वडा कार्यालय घेराउ सँगै उनको कार्यकक्षमा तालाबन्दि समेत गरेका छन । वडा अध्यक्षले मनोमानी तरीकाले काम गरेको भन्दै वडा न ११ शिशैयाका स्थानीयहरुले वडा अध्यक्षको कार्यकक्षमा सोमबार तालाबन्दि गरेका हुन । वडा न ११ शिशैया स्थित दशरथ प्राथमिक विद्यालयमा नगरपालीकाको अनुमति विना तथा वडामा कसैको सल्लाह नै नलिइकन पहलमानपुरमा रहेको पहलमानपुर मेमोरियल प्राविधिक विद्यालय सञ्चालनका लागि अनुमति दिइएको भन्दै तालाबन्दि गरिएको आन्दोलित स्थानियका एक अगुवा टि आर कठरियाले बताएका छन ।
विद्यालय समायोजन पछि वडा न ११ शिशैया स्थित दशरथ प्राथमिक विद्यालय हाल बन्द रहेको छ भने त्यहा अहिले बालविकास सञ्चालनमा रहेको पनि कठरियाले बताएका छन । विरोधमा शिशैया का तिन टोलका स्थानिय वासीको सहभागिता रहको कठरियाले जानकारी दिए ।
कुनै पनि ठाउँमा प्राविधिक विद्यालय आउनु खुशिको कुरा भएपनि त्यस्को लागि प्रक्रिया नपुरयाइ एकल निर्णय गर्नु गलत भएको आन्दोलित स्थानियले बताएका छन । उनीहरुले प्राविधिक विद्यालय सञ्चालनका लागि सवै सँग छलफल गर्नुपर्ने , प्राविधिक विद्यालय सञ्चालन समतिमा स्थानियहरुको सहभागिता गराइनुपर्ने , शिशैयाका विद्यार्थिहरुलाइ निशुल्क प्राविधिक शिक्षालयमा अध्यन गराइनुपर्ने लगायतका माग गरेका छन ।वडा अध्यक्ष जोगिले आन्दोलनरत पक्ष सङ छलफल गरेर तालाबन्दी खोलिने बताए ।