जमेको पानी निकास गर्न क्रममा धनगढीमा प्रहरी र स्थानीयबिच झडप भएको छ । झडपमा परि ४ जना नेपाल प्रहरीका जवान र ६ जना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाइको छ ।
उपमहानगरपालिका–३ को हाटबजार, बिद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयसँग प्रहरीको झडप भएको हो ।
उनले सो क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि केही सेल अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए ।
वडा नम्बर २ डुबानमा पर्ने भन्दै त्यहाँका स्थानियले कल्भडमा पानी बन्द गरेका थिए। पानी निकास नहुँदा ३ नम्बर वडा डुबानमा पर्ने गरेको थियो । पानी धेरै जमेर बिद्युत गृहमा नै क्षति हुन थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीको भनाई छ ।