धनगढी – कञ्चनपुरमा जारी रहेको निषेधाज्ञा फेरि थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले निषेधाज्ञा थप गरेका हुन्।
साउन १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको आदेशमा उल्लेख गरीएको छ। यो अवधिमा सभा सम्मेलन, गोष्ठी, भीडभाड हुने स्थान तथा शैक्षिक संस्थाहरु सञ्चालनमा मात्र रोक लगाइएको छ।