• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

पप्पुले पुल नबनाउँदा गोरुगाडा चढेर नदी तर्न बाध्य छन् धनगढीवासी

  •  संवाददाता
  • बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    वर्षामा साउने झरी। शुक्रबारदेखिको वर्षा।कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिवगंगा नदीमा पानीको सतह बढेको छ। नदीले कटान सुरु गरिसकेको छ। वर्षा नरोकिए बाढी गाउँ पस्ने खतरा पनि छ।

    उपमहानगरको वडा नम्बर १६ र १७ जोड्ने शिवगंगा नदीमा पुल नहुँदा वडा नम्बर १६ का स्थानीयले नदी तरेर धनगढी जानुपर्ने बाध्यता छ।

    धनगढी–१६, ढाका टोलका हरिप्रसाद थापा सोही नदी तरेर दैनिकरूपमा धनगढी बजार पुग्छन्।

    ‘नदीको बहाव निकै बढेको छ। अहिले त आवत–जावत गर्दा निकै डर हुन्छ,’ उनले भने, ‘धनगढीमा व्यापार–व्यवसाय भएकाले दैनिक दुई पटक नदी तर्नुपरेको छ।’

     

    उनले नदीमा पानीको बहाव अत्यधिक बढेका दिन कनरी हुँदै धनगढी बजार ओहोरदोहोर गर्ने गरेको उनले बताए।

    उनी मात्र होइनन्, शिवगंगा नदी तर्नेहरू अरु पनि छन्।

    गोरुगाडाकै भर

    नदीमा पानीको बहाव बढेपछि यस क्षेत्रका स्थानीय गोरुगाडाबाट नदी तर्ने गरेका छन्।

    नदीमा यात्रु वारपार गराउन धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का मानबहादुर चौधरी र भागिराम चौधरीले गोरुगाडा चलाउने गरेका छन्। उनीहरू गोरुगाडामा राखेर यात्रुसँगै साइकल र मोटरसाइकल पार गराउँछन्।

    ‘असारदेखि वर्षा सुरु हुँदा नदीको बहाव बढ्छ। नदीमा पुल छैन। त्यसैले यही गोरुगाडामा राखेर यात्रुलाई नदी तराउँछौं,’ भगिरामले भने।
    उनले मोटरसाइकल पार गराएको सय रूपैयाँसम्म लिने गरेको बताए।

    गोरुगाडाबाट नदी तराउँदै आएका अर्का स्थानीय मानबहादुर दैनिक सयौं यात्रु गोरुगाडामा चढेर नदी वारपार गर्ने गरेको बताउँछन्।

    ‘वर्षायामको चार महिना नदीमा गोरुगाडाले यात्रु वारपार गराउँछौं,’ उनले भने, ‘खोलाको बहाव बढेको दिन भने गोरुगाडा चलाउन सकिँदैन। त्यस बेला हामी बन्द गर्छौं।’

    वडा नम्बर १६ स्थित वेहडाबाबा मन्दिरको दर्शनका लागि धनगढी तथा भारतका विभिन्न स्थानका दर्शनार्थी आउने गरेका छन्।

    बेहडाबाबा धनगढीको मुख्य बजार हुँदै कनरीदेखि पनि जान सकिन्छ। तर, देवहरियादेखि छोटो यात्रा पर्ने भएकाले अधिकांशले सोही बाटोमा यात्रा गर्न रुचाउँछन्। देवहरियादेखि बेहडाबाबा जान खुटिया र शिवगंगा नदी पार गर्नुपर्छ।

    धनगढीका चित्रबहादुर छेडालले पनि बेहडाबाबा जाने क्रममा दुई वटा नदी पार गर्नुपर्ने बाध्यता रहेको बताए। उनले धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि जाँदा शिवगंगा नदीमा गोरुगाडामा वारपार गर्नुपर्ने अवस्था रहेको बताए।

    खुटियामा पुल बनेपछि सहज

    केही समयअघिसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर १७, धुर्जन्नाका स्थानीयको अवस्था पनि वडा नम्बर १६ का स्थानीयको जस्तै थियो। तर, खुटिया नदीमा पुल बनेपछि उनीहरूलाई अहिले धनगढी बजार आउन सहज भएको छ।

    सडक डिभिजन कार्यालयले देवहरिया–बेहडाबाबासम्मको सहज पहुँच पुर्याउन २०७४ सालमा खुटिया र शिवगंगा पुलको टेन्डर आह्वान गर्याे। तीमध्ये खुटिया पुल आर्थिक वर्ष २०७७/७८ मा निर्माण सम्पन्न भयो।

     

    पुल निर्माण हुनुअघिसम्म बर्खायाममा धनगढी बजार पुग्न समस्या हुने गरेको वडा नम्बर १७ का नरेश चौधरी बताउँछन्।

    ‘खुटिया नदीमा पुल नहुँदा पूर्व–पश्चिम राजमार्ग हुँदै धनगढी जानुपर्थ्यो। नभए खोलामा पैसा तिरेर गोरुगाडाबाट पार गर्नुपर्ने हुन्थ्यो,’ नरेशले भने, ‘पुल बनेपछि धुर्जन्नाबासीलाई धनगढीबाट सेवा लिनको लागि सहज भएको छ।’

    एउटा सम्पन्न, अर्को अलपत्र

    सडक डिभिजन कार्यालय, महेन्द्रनगरले २०७४ असार २७ गते खुटिया र शिवगंगा पुल बनाउन निर्माण कम्पनी पप्पु एडभेन्चर जोइन्ट भेन्चरसँग सम्झौता गर्याे। सम्झौता अनुसार दुवै पुलकाे निर्माण आर्थिक वर्ष २०७६/०७७ मा सकिनुपर्थ्याे। तर, उक्त अवधिमा पुल निर्माण सकिएनन्।

    तीमध्ये खुटिया पुल आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न भएकाे छ। १ सय ५० मिटर लामो खुटिया पुल बनाउन भ्याटबाहेक १४ करोड २१ लाख २४ हजार दुई सय ६२ रूपैयाँ लागतमा सम्झौता गरेको थियो।

    शिवगंगा पुल भने अलपत्रजस्तै छ। १२ करोड ६२ लाख ७२ हजार छ सय ७१ रूपैयाँ लागत १ सय २४ मिटर लामो उक्त पुलको निर्माण अहिलेसम्म सुरु भएको छैन।

    • गोरुगाडा
    • धनगढी
    • पप्पु
    बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.