कञ्चनपुर – कञ्चनपुरमा वेवारिसे अवस्थामा एक जनाको शव फेला परेको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–२ स्थित एक सामुदायिक वनमा बिहीबार साँझ वेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयले अन्दाजी ३० वर्षीय पुरुषको शव सडेको अवस्थामा फेला परेको जनाएको छ । हालसम्म मृतकको पहिचान भने भएको छ । मृतकको शव अहिले महाकाली अस्पतालमा राखिएको छ ।