असार शुक्ल पूर्णिमाका दिन शनिबार चुडाकर्ममा गायत्री मन्त्र दान गर्ने, शिक्षा, सीप कला कौशल सिकाउने गुरुप्रति आदरभाव जनाउँदै गुरुपूर्णिमा पर्व मनाइँदैछ ।
वेदव्यास जयन्तीको यो दिन अष्ट चिरञ्जीवीमध्ये प्रमुख व्यासलाई गुरु मानिँदै आएको सनातन परम्परा छ । व्यास जयन्तीका रूपमा यो पूर्णिमालाई गुरु पूर्णिमा भनेर मनाउँदै आएको हो ।
पशुपतिनाथका गुरु दक्षिणा मूर्तिको यसै दिन वर्षको एक पटक पूजा अर्चना हुन्छ । सैद्धान्तिक, प्राविधिक, आध्यात्मिक वा योगलगायतका सबै क्षेत्रमा गुरुबिना शिक्षाको सुरुआत असम्भव मानिन्छ ।
शास्त्रमा गुरुलाई गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर भनेर उच्चस्थान दिइएको छ । शास्त्रमा मातापिता र गुरुको महìव समान रूपमा उत्तिकै वर्णन पनि गरिएको पाइन्छ ।
संस्कृतमा गु भन्नाले अन्धकार रु भन्नाले हटाउने अर्थात् अन्धकार हटाउने भएकाले गुरु भनिएको हो । आजको गोरखापत्र दैनिकमा छ ।