तीन वर्ष अघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै नागरिक समाज कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा पनि दोषीहरू कानुनी दायरामा नआउनु दुःखद भएकाले र तत्काल दोषीहरूको पहिचान गरी कारबाहीको मागसहित कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको नागरिक समाज कञ्चनपुरका अध्यक्ष नरबहादुर साउदले बताए ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले नागरिक समाजले निर्मला पन्तको हत्या र कोभिड–१९ महामारीको विषयलाई लिएर बुझाएको ज्ञापन पत्र गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पठाउने बताउनु भएको छ । निर्मला पन्तको २०७५ साल श्रावण १० गते हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो । घटनाको तीन बर्ष बित्दा पनि हत्यारा भने पत्ता लागेको छैन।