भारतको उत्तर प्रदेश राज्यमा रोकिराखेको बसलाई रेलले ठक्कर दिँदा १८ जनाको मृत्यु भएको छ।बराबंजी जिल्लामा पर्ने लखनउ–अयोध्या रोडमा मंगलबार राती भएको दुर्घटनामा १९ जना घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार सडक किनारामा रोकिराखेको बसलाई रेलले पछाडिबाट ठक्कर दिएको थियो।
मंगलबार राती करिब १२ बजे भएको उक्त दुर्घटनामा धेरैजसोको घटनास्थलमै मृत्यु भएको थियो । हरियाणाको पलवलबाट बिहार जाँदै गरेको दुई तले बस बिग्रिएपछि राती आठ बजेदेखि सडक किनारामा रोकिएको थियो ।