• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

सुदूरपश्चिममा कोरोना खोप : पहुँचवालाले लगाउँछन्, सर्वसाधारण लाइन लागेर फर्किन्छन्

  •  संवाददाता
  • शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स्वास्थ्य सेवा विभागले ५० देखि ५५ वर्ष उमेर समूह, विश्वविद्यालय तथा विद्यालयमा कार्यरत प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत सवारी चालक र सहचालक, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सक्ने व्यवस्था गरेको छ ।

    विभागले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई गरेको परिपत्रमा समेत खोप लगाउने लक्षित समूह किटानै गरेर सोही अनुसार गर्न गराउन निर्देशनदिएको छ । तर स्वास्थ्य सेवा विभागको निर्देशन पालना नहुँदा खोपमा ठूलाबडा र पहुँच हुनेहरुको रजाइँ भएपछि लक्षित समूह वञ्चित भएका छन् ।

     

    अहिले खोप केन्द्रहरु पहुँच हुनेहरुले कब्जा गरेपछि दिनभर लाइन बसेर घर फर्किनु पर्ने बाध्यतामा सरकारले नै तोकेका लक्षित समूह छन् ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का ५२ वर्षीय बिरे सार्कीले कोरोनाविरुद्धको खोप लगाउनबुधबार र बिहीबार स्थानीय भृकुटी माध्यमिक विद्यालयमा गएपछि पालो नपाएपछि नलगाएरै फर्किनु परेको गुनासो गरे ।

    ‘हामीलाई लाइनमा बस्न भनियो, बिहानैदेखि घाम पानी नभनेर लाइन लागेँ,’ उनले भने, ‘तर हामीलाई उछिनेर सोर्सफोर्स लगाएर लक्षित समूहमा नपर्ने व्यक्तिहरुले खोप लगाए हामीले त्यो दृष्य हेरेर साँझपख फर्किनु पर्‍यो ।’

    अहिले विभिन्न पार्टीका नेता कार्यकर्ताहरु कोरोनाविरुद्धको खोप लगाएको कार्ड सामाजिक सञ्जाल फेसबुकमा समेत अपलोड गर्न थालेको पाइन्छ । तर उनीहरु सरकारले तोकेअनुसारको लक्षित समूहमा पर्दैनन् ।

    ‘अहिले आज खोप लगायो भनेर सामाजिक सञ्जाल फेसबुकमा फोटो अपलोड गर्ने होडबाजी निकै बढेको छ,’ धनगढी उपमहानगरपालिका-३ का चक्र बमले भने, ‘त्यसमा अधिकांश राजनीतिक दलका नेता, कार्यकर्ता, जनप्रतिनिधिहरुका आसेपासे बढी देखिएका छन् । सर्वसाधारणले खोप पाउन सकेका छैनन् । यस्तो विकृती कसले रोकिदिने । आफूखुसी गर्ने भए सरकारले मापदण्ड किन बनाएको हो ?’

    कतिपय ठाउँमा पहिलो दिन १३ साउनमा सरकारले तोकेअनुसारको लक्षित समूहलाई खोप लगाइएको भएपनि दोस्रो दिनदेखि भने मापदण्ड मिच्ने क्रम बढेको जनगुनासो छ । ‘पहिलो दिन ५० वर्ष भन्दा कम उमेर समूहलाई खोप लगाउने व्यवस्था छैन भनेर खोप केन्द्रहरुले धेरै मानिसलाई फर्काएको थियो,’ धनगढी उपमहानगरपालिका-२ सागर परियार भन्छन्, ‘तर अहिले त मापदण्डको कुनै प्रवाह नै छैन । पहुँच हुनेले खोप पाउँछ । नहुने दिनभर लाइनमा उभिएर ४ बजेपटि घर फर्केर जान्छन् ।’

    कतिपयले फर्जी कागजपत्र पेश गरेर समेत खोप लगाइरहेको गुनासो बढ्दो छ । स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले सरकारले तोकेअनुसार लक्षित समूहलाई नै खोप लगाइरहेको दाबी गरे । तर व्यवहारिक रुपमा विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिका आफन्तले खोप लगाएको भए पनि त्यो संख्या निकै कम भएको उनी बताउँछन् ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.गुणराज अवस्थीले भने सरकारले तोकेको बाहेकको समूहलाई खोप लगाएको प्रमाणसहित आएमा कानून बमोजिम कारबाही गरिने बताउँछन् । ‘प्रचलितकानून र सरकारी मापदण्ड विपरीत कसैलाई पनि खोप नलगाउन स्वास्थ्य सेवा विभागको निर्देशन छ,’ अवस्थीले भने, ‘कतै त्यसरी खोप लगाएको प्रमाणसहित हामी कहाँआएमा कानून बमोजिम दोषीलाई कारबाही गछौँ ।’

    सामाजिक विकास मन्त्रालयमै आसेपासेलाई खोप

    प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार कार्यालयमै लक्षित समूहबाहेकलाई खोप लगाएपछि चर्को आलोचना खेप्नु परिरहेको छ । तर सामाजिक विकास मन्त्री लालबहादुर खड्का र मन्त्रालयका कर्मचारीहरु भने त्यस विषयमा अनभिज्ञता प्रकट गर्दै आएका छन् । ‘त्यो विषयमा मलाई खासै जानकारी छैन । विगतमा खोपको उपलब्धता नभएका कारण सरकारले लक्षित समूह तोकेको हो,’ सचिव रघुराम बिष्टले भने, अहिले परस्थिति फरक छ । १८ वर्ष माथिकाले खोप लगाउन सक्छन् । सोहीअनुसार लगाइयो होला । यसलाई अन्यथा रुपमा बुुझ्न हुँदैन् ।’

    स्रोतकाअनुसार मन्त्रालयमा राजनीतिक दलका नेता कार्यकर्ता, मन्त्री र कर्मचारीका आफन्तहरुलाई खोप लगाइएको थियो ।

    सामाजिक विकासमन्त्री खड्काले उक्त विषयमा आफूलाई जानकारी नभएको बताउँदै बुुझेर मात्र बोल्ने बताए ।

    • कोरोना खोप
    • सुदूरपश्चिम
    शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.