लगातारको अविरल बर्षाले बाजुराको विकट गाँउ गुम्वामा आवतजावत बन्द भएको छ। हिमाली गाउपालिका वडा नम्बर ३ मा पर्ने गुम्वा गाउमा आवतजावत गर्ने बाटो पहिराले बगाउदा र नदिमा रहेका काठेपुल बगाउदा गाउमै अन्य समुदाय सँग सम्पर्क बिच्छेद बनेको हो। गुम्वा गाउँ संचार सेवा समेत अवरुद्ध भएको छ।
सदरमुकाम मार्तडी बाट ४५ कोष टाढा अर्थात पैदल ४ दिन पर्ने बिच्छँयाको गुम्वा गाउ राज्यले त्यस गाँउका आवतजावत गर्ने पुल र बाटो नबनाउदा सधै बर्षादमा सम्पर्क बिहिन बन्दै आएको स्थानिय छिरिङ धोर्चे लामाले वताए।
गुम्वा गाउमा २५ परिवार बसोवास गर्दै आएका छन् ति सबै परिवार सम्पर्क बिहिन रहेका छन्।
हिउँदमा गुम्वा बाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ। गुम्वाबाट बिच्छँयाको बौडी सम्म आउनका लागि दुईवटा ठुला नदि रहेका छन्। ति नदिमा पुल छैन्, हिउँदमा काठेपुलको साहारामा वारपार गर्ने गरेका थिए।