• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

जनता आवास कार्यक्रम अलपत्र,बर्खामा कटेरोको बास झन् कष्टकर 

  •  संवाददाता
  • सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलाली लम्कीचुहा नगरपालिका–१ की पविता विक पक्की घर बनाउन जनता आवास कार्यक्रमको पैसा पाउने भएपछि निकै खुसी भइन् । गत चैतमा उनले आफ्नो कच्ची घर पनि भत्काएर नयाँ पक्की घरको जग खन्न सुरु गरिन् ।

    पाँच कट्टा ऐलानी पर्ती जग्गामा घरका लागि अर्को उपयुक्त ठाउँ नदेखेर उनले आफू बस्दै आएको कच्ची घर भत्काएर नयाँ पक्की घर बनाउन लागेकी थिइन् । नजिकै कटेरो बनाएर उनले अस्थायी बासको व्यवस्थापन गरिन् । उनलाई बर्खा लाग्नुअघि नै २ कोठे भवन बनिहाल्ला जस्तो लागेको थियो ।
    बर्खामा पानी चुहिने र भित्र हिलाम्य भएर चुलो पनि बाल्न नसकिने समस्या र सर्पकिराको डरबाट मुक्ति पाइने आशामा खुसी थिइन् । अघिल्लो महिना घरको जग माथि झ्याल र ढोकासम्म मिलाएर निर्माणको काम ठेकदारले अधुरै छोडेपछि उनले सहरी विकास तथा भवन निर्माण कार्यालयमा सम्पर्क गरिन् ।

    आर्थिक वर्ष २०७७/०७८ मा यतिसम्म मात्रै काम हुने जानकारी पाएपछि उनी बिचल्लीमा परेकी छन् । ‘बर्खामा कटेरोको बास झन् कष्टकर हुने भयो,’ उनले भनिन्, ‘ठेकेदारले आफ्नो लगानीमा घर निर्माण गरिदिन्न, सरकारसँग पैसा पुगेन रे ।’ उनलाई सहरी विकास कार्यालयले दसैंपछि मात्रै अधुरो निर्माण सुरु हुने जानकारी दिएको छ । ‘दसैंमा पनि नयाँ घरभित्र पस्न नपाइने भयो,’ पविताले भनिन्, ‘घर बनाउनका लागि एकमुष्ट पैसा नदिँदा घर अधुरै रहेर विजोग भयो ।’

    जनता आवास कार्यक्रमले छनोटमा परेका परिवारलाई दुई कोठे टिनको छाना भएको (३ सय ३० स्क्वायर फुट) को भवनका लागि ३ लाख ३६ हजार दिने गरेको छ । कार्यान्वयन इकाइ सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख इन्द्रबहादुर स्वाँरले आर्थिक वर्ष २०७७/७८ मा कैलालीमा २ सय घर अधुरै रहेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा कैलाली र कञ्चनपुरमा जनता आवास कार्यक्रमको ४ सय ३६ घर निर्माण सुरु भएका छन् । कञ्चनपुरमा २ सय ३६ घर निर्माण सुरु भएको छ । उनले कञ्चनपुरमा पनि घरका झ्याल ढोकासम्म मात्रै राखिएको बताए । उनले बजेट अभावले चालु वर्षमा जनता आवास कार्यक्रमको घर जगभन्दा माथि उठाउन नसकेको बताए । उनका अनुसार कैलालीका लागि १ करोड ९० लाख र कञ्चनपुरका लागि २ करोड ५० लाख बजेट निकासा भएको थियो । प्रमुख स्वाँरले निकासा भएको बजेटलाई कैलालीमा २ सय र कञ्चनपुरमा २ सय ३६ घरलाई रकम दामासाहीले वितरण गरेको बताए । ‘कैलालीका लागि प्रतिघर बजेट ९० हजार र कञ्चनपुरमा १ लाख भाग लाग्यो,’ उनले भने, ‘घर निर्माणको काम पनि त्यति नै भयो ।’ तर कसैले आफ्नै लगानीमा घर पूरै सम्पन्न गरिसकेको पनि जानकारी दिए ।

    घर सम्पन्न गरेकाहरूले पनि चालु आर्थिक वर्षमा ३ लाख ३६ हजार पाउने बताए । ‘तर आर्थिक वर्ष २०७८/७९ मा निर्माणाधीन सबै घर पूरा हुन्छन्,’ उनले भने, ‘जति बजेट आउँछ त्यति नै काम सम्पन्न हुने गरेको हो ।’ उनले जनता आवास कार्यक्रमले जनताको घर निर्माणको ठेक्का नदिने गरेको बताए । उनका अनुसार घर निर्माणको ठेक्का उपभोक्ता समितिले आफैंले दिने गरेका हुन् ।

    जनता आवास कार्यक्रमको छनोटमा परेका चार परिवारको उपभोक्ता समिति गठन हुने गरेको छ । सबै दिन मजदुरी गरी जीविकापार्जन गर्ने परिवार भएकाले चाँडो घर निर्माण गर्न ठेक्का दिने गरेको बताए । तर एक जनाले नाम नखुल्ने सर्तमा सहरी विकासका कर्मचारी आफैंले ठेकेदार खोजेर उपभोक्ता समितिलाई घर निर्माणको सम्झौता गराउने गरेको बताए । घर नभएका गरिब विपन्न परिवारका लागि घर बनाउने योजनाअनुसार कैलाली र कञ्चनपुरमा २०७५/७६ देखियो कार्यक्रम सुरु भएको । आर्थिक वर्ष २०७६/७७ देखि प्रदेश सरकारअन्तर्गत आएको हो । जनता आवास कार्यक्रमको माध्यम कैलाली र कञ्चनपुरमा आर्थिक वर्ष २०७६/७७ मा सुरु भएका १ सय ६७ घर निर्माण सम्पन्न भइसकेका छन् ।

    कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगंगा, घोडाघोडी, बर्दगोरिया, लम्कीचुहा, जानकी, टीकापुर र भजनी नगरपालिकामा यो कार्यक्रम लागू भएको छ । त्यस्तै, कञ्चनपुरमा कृष्णपुर, वेदकोट, भीमदत्त, महकाली, बेलौरी, र पुनर्वास क्षेत्रमा लागू छ । कैलाली र कञ्चनपुर जिल्लाको कार्यक्रम लागू भएका नगरपालिका र गाउँपालिकाहरूबाट लक्षित वर्गलाई २०७५/७६ मा निवेदन आह्वान गरिएको थियो । दुवै जिल्लाबाट २५ हजार बढी गरिब परिवारले निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा जनता आवास कार्यक्रमले प्राथमिकतामा पर्ने परिवारको छनोट गरी घर निर्माण गर्दै आएको छ ।

    • जनता आवास कार्यक्रम
    • बास झन् कष्टकर
    सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.