काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई हटाएर ट्रमा सेन्टरका डाक्टर रुद्र मरासिनीलाई पठाएको छ ।
मन्त्रीस्तरीय निर्णयका आधारमा डा. गौतमलाई आज साेमवार थापाथलीमा रहेको प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए।
डा. जागेश्वर गौतम विवादित बनेपछि कर्मचारीले उनलाई हटाउन माग गरेका थिए ।
यस्तै स्वास्थ्य सेवा विभागको स्वास्थ्य समन्वय शाखाको प्रमुखबाट डा. विवेकलाल कर्णलाई सरुवा गरेर उनको ठाउँमा सार्क क्षय रोग केन्द्रकी डा. रीता जोशीलाई पठाइएको पौडेलले जानकारी दिए ।