• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ १९, २०७९ | Thursday 2nd February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ३ घण्टा अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • २ दिन अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • ३ दिन अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • १ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • २ हप्ता अगाडि

एसएसबीको शृंखलाबद्ध ज्यादती कहिलेसम्म ?

  •  संवाददाता
  • मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं – गत शुक्रबार महाकाली नदी पार गर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता भए। उनी भेटिने नभेटिने कुनै टुंगो छैन। परिवारले भने कुशको शव बनाएर उनको अन्तिम संस्कार गरिसकेको छ। यता घटनाको सत्यतथ्य पत्ता लाउन नेपाल सरकारले छानबिन समिति बनाएको छ । समितिले के रिपोर्ट दिन्छ, हेर्न बाँकी छ। सो घटनाबारे अहिलेसम्म सरकारले आधिकारिक रूपमा कुनै धारणा राखेको छैन।

    एसएसबीले नेपाली नागरिकको ज्यान लिएको वा नेपालीमाथि ज्यादती गरेको यो नै पहिलो घटना भने होइन। २०७३ फागुनमा कञ्चनपुरको सीमाक्षेत्र पुनर्वासमा कल्भर्ट निर्माणबारे भएको विवादमा पनि एसएसबीले गोली चलाउँदा गोविन्द गौतमको ज्यान गएको थियो। २०४० भदौ ३० मा करिब एक दर्जन भारतीय प्रहरीले अवैध रूपमा नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरी दुईजनालाई गोली हानी हत्या गरेका थिए। सो आक्रमणमा परी केही घाइते पनि भए। त्यसको भोलिपल्ट ठूलो संख्यामा आएका भारतीय सुरक्षाकर्मीले नेपालीको बस्तीमा पसेर सरसमान लुटेको त्यतिबेला प्रकाशित नेपाली अखबारहरूले लेखेका छन्। सो घटनाबारे नेपाल सरकारले भारत सरकारसमक्ष कडा विरोध जनाएको थियो। २०४४ मंसिर २८ गते भारतीय प्रहरीको जत्थाले गोरखाल्यान्डका आन्दोलनकारीलाई कारबाही गर्ने बहानामा इलामको सीमावर्ती गाउँ माने भन्ज्याङमा लुटपाट गरी कैयौं घरमा आगजनी गरेको थियो।

    सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट हुने यस्ता ज्यादतीका घटना अझै रोकिएको छैन। यस्तो कहिलेसम्म रहने हो, त्यसको पनि कुनै टुंगो छैन। २०७५ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी गरिरहेका बेला एसएसबीले कञ्चनपुरको पुनर्वास क्षेत्रमा नेपाली पक्षले जंगली जनावर नियन्त्रणका लागि लगाएको तारबार उखेलेर फालिदिएको थियो।

    २०७५ साउनमा कैलालीमा प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी नागरिकका गुनासा सुन्न जिल्लाको हसुलिया पुग्दा त्यहाँका स्थानीयको मुख्य गुनासो भनेकै भारतीय सुरक्षा निकायले गर्ने दुव्र्यवहारबारे थियो। गत वर्ष बाराको विश्रामपुरमा खेतमा काम गर्न गएका नेपालीमाथि एसएसबीले कुटपिट गरेको थियो। हालैका वर्षहरूमा पूर्वी पहाडी जिल्ला इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा घुम्न जाने पर्यटकमाथि पनि एसएसबीले ज्यादती गर्ने, नेपाली भूभागमा समेत संरचना बनाउन नदिने गरेको थियो। रोजगारीका सिलसिलामा भारत पुगेर फर्किने क्रममा सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट लुटिने नेपालीको त कुनै लेखाजोखा नै छैन।

    भारतीय एसएसबीको लोगोमा चारतिर फर्किएको सिंहमुनि ‘सत्यमेव जयते’ लेखिएको छ। उक्त लोगोमा थप लेखिएको छ, ‘सेवा, सुरक्षा, बन्धुत्व’। सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको व्यवहार हेर्दा उनीहरूले शिरमा लगाइरहेको लोगोमा उल्लेख भएका शब्दहरूले उनीहरू स्वयंलाई नै गिज्याइरहेको अनुभूति हुन्छ। एउटा स्वतन्त्र देशका नागरिकमाथि अर्काे देशका सुरक्षाकर्मीबाट निरन्तर भइरहेको दुव्र्यवहार र ज्यादतीले उनीहरूको प्रतीक चिह्नमा उल्लेख गरिएको ‘सत्यमेव जयते’ र लोगोमा उल्लेख गरिएको ‘सेवा, सुरक्षा र बन्धुत्व’लाई कतै पनि प्रतिनिधत्व गर्दैन। बरु प्रतीक चिह्नमा रहेको सिंहको जस्तो व्यवहार र भारतीय सुरक्षा निकायबाट असुरक्षित महसुस गर्नुपर्ने अवस्था मात्र होइन, बन्धुत्वको विपरीत दुस्मनको जस्तो व्यवहार सीमाक्षेत्रका नेपाली नागरिकहरूले सहनुपरिरहेको छ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चुच्चे नक्सा सार्वजनिक गर्ने समयमा संसद्लाई सम्बोधन गर्दै ‘भारतले सत्यमेव जयतेमा विश्वास गर्छ कि सिंहमेव जयतेमा ?’ भनेर आफूले प्रश्न गर्ने बताएका थिए। उनको सो भनाइ त्यतिबेला निकै आलोचित पनि बनेको थियो। तर व्यवहार त भारतीय सुरक्षाकर्मीले अर्काे देशका नागरिकसँग गर्ने व्यवहारमा सत्यमेव जयते होइन सिंहमेव जयते झल्किन्छ। दार्चुलामा जयसिंहको ज्यान जाने गरी भएको घटनाले त्यो कुरा संकेत मात्र गर्दैन, भारतीय सुरक्षाकर्मीले कतिसम्म मानवताविरोध अपराध गर्न सक्छन् भन्ने पुष्टि पनि गर्छ।

    अन्तर्राष्ट्रिय मामिलाका जानकारहरू दार्चुलालगायत सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट नेपालीमाथि हुने गरेका दुव्र्यवहार ज्यादतीभन्दा पनि एक देशले अर्काे देशका नागरिकसँग कस्तो व्यवहार गर्छ भन्ने संकेत भएको तर्क गर्छन्। ‘यो एसएसबीको कुरा मात्र होइन, एक देशले अर्काे देशका नागरिकसँग कस्तो व्यवहार गर्छ भन्ने कुरा पनि हो,’ पूर्वपरराष्ट्र सचिव एवं कूटनीतिक तथा अन्तर्राष्ट्रिय मामिलाका जानकार मधुरमण आचार्यले भने। यस्ता कुराको खुलेर विरोध गर्नुपर्ने र सामान्य तहमा भन्दा पनि उच्चस्तरीय राजनीतिक तहमा त्यस्ता विषयबारे छलफल गरेर टुंग्याउनुपर्ने सुझाव उनको छ।
    यो समाचार आजको नागरिक दैनिकमा छ ।

    • एसएसबी
    • ज्यादती
    मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
    चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • २.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • ३.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.