• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, माघ २९, २०८२ | Wednesday 11th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १८ घण्टा अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ३ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ५ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ५ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ६ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

ठेक्का भएको ४ वर्षपछि बल्ल खुल्यो हुलाकी राजमार्गको ट्रयाक

  •  संवाददाता
  • मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    निर्माणाधीन हुलाकी राजमार्गअन्तर्गतको कैलालीमा विगत चार वर्षदेखिको अवरोध हटेको छ । कैलालीको बसन्तामा अड्किएको ट्रयाक खुलेसँगै सडक निर्माणले गति लिने भएको छ ।

    अन्य क्षेत्रमा कालोपत्रे भइसक्दा समेत बसन्ता क्षेत्रमा ४ वर्षदेखि हुलाकी सडकको निर्माण रोकिएको थियो । बसन्ताका रुख काट्नका लागि सडक विभाग र वन मन्त्रालयबीच चार वर्षसम्म फाइल ओहोर–दोहोर नै चलेको थियो । बसन्ता वनका रुख काट्न गत फागुनमा मन्त्रिपरिषद्को बैठकले आदेश दिएको थियो । कटान आदेशपछि वैशाख २३ गतेबाट रुख काट्न सुरु भएको हो ।

    बसन्ता सडकअन्तर्गत एक सयवटा रुख काटिएका छन् । रुख काटिएसँगै सडकमा निर्माण समेत सुरु भइसकेको छ । सडकमा एक लेयर माटो हालिसकिएको छ । ‘रुख काटिसकेपछि एक लेयरसम्म माटो फिलिङ गर्ने कार्य भयो,’ हुलाकी सडक आयोजनाका इन्जिनियर पदम मडैले भने, ‘ बर्खा लागेपछि काम रोकिएको छ ।’ लामो समयको प्रतीक्षापछि बसन्ता क्षेत्रको रुख काट्ने आदेश आएको उनले बताए । अहिले रुख काटेर ट्रयाक खोलिएको उनले जानकारी दिए ।

    कैलालीको कैलारी गाउँपालिका–५ को कटैनी नदीदेखि छटकपुर बसन्तासम्म पर्ने दुई किलोमिटर खण्डमा रुख कटानको आदेश नहुँदा चार वर्षदेखि काम रोकिएको थियो । कैलारीको कटैनी नदीदेखि भजनी नगरपालिकाको लालबोझीसम्म बसन्ता वनक्षेत्रमा जम्मा १८ मध्ये १६ किलोमिटरमा राजमार्ग निर्माण भइसकेको छ । तर, कानुनी अड्चनका कारण दुई किलोमिटर खण्डमा भने काम रोकिएको थियो । जसले गर्दा उक्त सडक भएर जानुपर्दा घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता थियो ।

    सो खण्डमा राजमार्ग निर्माणका लागि ०७३ सालमै ठेक्का भए पनि काम अगाडि बढ्न सकेको थिएन । जिल्लाका अरु सबैतिर हुलाकी राजमार्ग बनिसक्दा सो खण्डमा ट्रयाकसमेत खोल्न नसक्दा स्थानीय आक्रोशित भएका थिए ।

    बसन्ता वन क्षेत्र करिडोर भएको भन्दै धेरै बहस भए पनि अन्तिममा सरकारले नै रुख काट्न आदेश दिएको हो । बसन्ता करिडोर वन्यजन्तुको पुरानो जैविकमार्ग रहेकाले राजमार्ग विस्तार गर्दा अण्डरपास र ओभरपास पुल हुनुपर्ने अडान राख्दै डिभिजन वन कार्यालयले रुख कटान आदेश प्राप्तिका लागि फाइल अड्काएको थियो ।

    उक्त खण्डमा तुण्डी, प्रेरा, चन्द्रा एण्ड वसन्ता जेभीले राजमार्ग निर्माणको ठेक्का पाएका थिए । गत जेठ मसान्तमा ठेक्का अवधि सकिएको छ । बाँकी रहेको काम पनि यसै निर्माण कम्पनीले गर्ने आयोजनाका इन्जिनियर मडैले बताए । रुख काटिसकेपछि निर्माण कार्यले तीव्रता पाएको निर्माण कम्पनीका प्रोजेक्ट व्यवस्थापक जलेश कुमार बोगटीले बताए । ‘बर्खायाम सुरु हुँदा काममा अलि ढिलाइ भएको हो’, उनले भने, ‘भदौबाट काम सुरु गरी चाँडै नै सम्पन्न हुनेछ ।’

    कैलालीमा सन् २०१० देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो । एक दशक पूरा भइसके पनि निर्माण कार्य भने अझै पूरा हुन सकेको छैन । कान्दा नदीमा पुल निर्माण सम्पन्न नहुँदा पनि समस्या भएको छ । ०७३ मै सो खण्डमा राजमार्ग विस्तारका लागि ठेक्का भएको थियो । कैलालीमा मोहना पुलमा ७ सय मिटर, भजनीमा ५ मिटर र बसन्तामा २ किलोमिटरबाहेक सबै ठाउँमा पिच सम्पन्न भइसकेको छ । आयोजना कार्यालयका अनुसार दुईवटा पुलको समेत अझै ठेक्का हुन सकेको छैन ।

    कान्द्राको कटानमा हुलाकी राजमार्ग

    कान्द्रा नदीले कटान गर्दा हुलाकी सडक उच्च जोखिममा परेको छ । कैलालीको भजनी नगरपालिका–५ स्थित लालबोझी गाउँमा पर्ने हुलाकी सडक कान्द्रा नदीले कटान गर्दा सडक उच्च जोखिममा परेको हो । केही दिनअगाडि आएको अविरल वर्षाका कारण नदीमा आएको बाढीले हुलाकी सडक कटान गर्न थालेपछि सडक उच्च जोखिममा परेको छ ।

    कान्द्रा नदीको बाढीले हुलाकी सडक कटान गरेपछि आवतजावत गर्न निकै समस्या हुने गरेको छ । हुलाकी सडक अवरुद्ध हुँदा सवारीसाधन घुमाउरो बाटो भएर जाने गरेका छन् । बाढीले हुलाकी सडक तीव्र कटान गर्दा यस ठाउँको गाउँ बस्ती नै जोखिममा परेको छ ।

    नदी कटानले गर्दा यस क्षेत्रलाई धेरै क्षति पुर्याको सोही ठाउँका खोजराम चौधरीले बताए । बर्सेनि आउने कान्द्रा नदीको बाढीले कटान गर्दा हुलाकी सडक मात्र नभएर लालबोझी गाउँ नै उच्च जोखिममा रहेको उनले बताए । कटान रोक्नका लागि मुख्यमन्त्रीले आश्वासन दिए पनि अझै पूरा नभएको उनले बताए । कालोपत्रे गर्न बाँकी रहेका क्षेत्रमा नदीले हुलाकी राजमार्ग कटान गर्दा सडक रोकिएको थियो ।

    सोही ठाउँमा ०७५ सालमा तटबन्ध गरिएपछि बस्तीतर्फ केही हदसम्म कटान रोकिए पनि यो वर्षदेखि पुनः कटान सुरु गर्दा गाउँमा नै जोखिममा परेको छ । कान्द्रा नदीको कटानकै कारण यसअघि पनि कैयौँ परिवार विस्थापित भइसकेका छन् ।

    नदी कटानका कारण जोखिममा परेको गाउँलाई जोगाउनका लागि सरकारलाई गुहारे पनि सुनुवाइ नभएको सोही गाउँमा भल मन्सा रामकिशन चौधरीले बताए । थोरै बाँकी रहेको हुलाकी राजमार्ग कटान हुनेबित्तिकै गाउँको उठीबास हुने उनी बताउँछन् । कान्द्रा नदीका कारण आफ्नो गाउँवासीले धेरै दुःख भोगिरहेको उनले बताए ।

    समयमा उचित व्यवस्थापन नहुने हो भने कैयौँ परिवार विस्थापित हुने भन्दै उनले चिन्ता व्यक्त गरे । गत वर्षको साउन १४ गते आएको बाढीले पुर्याएको क्षतिका बारेमा बुझ्न सो क्षेत्रमा मुख्यमन्त्री त्रिलोचन भट्टसहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको थियो । त्यतिबेला मुख्यमन्त्री भट्टले डुबान क्षेत्रको अनुगमन गर्दै तत्काल र दीर्घकालीन योजना बनाएर समस्या समाधान गरिने बताएका थिए ।

    उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका दिए । तर, मुख्यमन्त्री भट्टले स्थायी तटबन्ध बनाउने आश्वासन बाँडेको एक वर्ष पुग्दासमेत यस ठाउँमा कुनै बृहत् तटबन्धको काम हुन सकेको छैन । समयमा तटबन्ध नबनाउने हो भने गाउँ नै बगर हुने देखिएको छ । हुलाकी आयोजनाका इन्जिनियर पदम मडैले पनि तटबन्ध नगरी सडक निर्माण कार्य अगाडि नबढ्ने बताए ।

    चार लेनको राजमार्ग बन्दै

    कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । धनगढीको क्याम्पस चोकदेखि कालिका मन्दिरसम्म चार लेनको सडक बनाउने काम धमाधम भइरहेको छ । बजार क्षेत्रमा हुलाकी राजमार्गलाई चौडा बनाउने सरकारको निर्णयअनुसार धनगढीमा चार लेनमा राजमार्ग विस्तार गर्ने कार्य अगाडि बढाइएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । हुलाकी आयोजना कार्यालयका अनुसार फोर लेन सडकमा २० प्रतिशत भौतिक प्रगति भएको छ ।

    ‘काम तीव्र गतिमा अगाडि बढेको छ,’ आयोजनाका इन्जिनिर मडैले भने, ‘साढे तीन किलोमिटर दूरीमा चार लेनको सडक बन्ने हो ।’ यो खण्डमा चार लेनको हुलाकी राजमार्ग बनाउनका लागि ०७७ असारमा ठेक्का सम्झौता भएको थियो । हाल नाली, पर्खाल र कल्भर्ट बनाउने कार्य भइरहेको छ । इन्जिनियर मडैका अनुसार चार लेन राजमार्गमा बीचमा दुई मिटर मेडियन र त्यसको दायाँबायाँ दुवैतिर सात–सात मिटरको कालोपत्रे हुनेछ । त्यसैगरी, राजमार्गको दुवैतिर नाली र नालीमाथि फुटपाथ बाटो निर्माण हुनेछ । फुटपाथ बाटो साढे तीन–तीन मिटर चौडा रहने इन्जिनियर मडैले बताए ।

    चार लेनको राजमार्ग निर्माणका लागि स्वच्छन्द जोशी जेभीले भ्याटसहित ३७ करोड ४३ लाख रुपैयाँमा ठेक्का पाएर काम गरिरहेको छ । यो राजमार्ग निर्माणको समायवधि ३० महिना रहेको छ । यसैगरी, धनगढीदेखि सत्तीसम्मको ४४ किलोमिटर हुलाकी राजमार्गको बाँकी खण्डमा दुई लेनमा सडक विस्तार गर्ने कार्य पनि अगाडि बढेको छ ।

    विभिन्न खण्डमा विभाजन गरेर काम भइरहेको जनाइएको छ । दुई लेन सडकको चौडाइ १२ मिटर रहने आयोजनाको कार्यालयले जानकारी दिएको छ । दुई लेनमा सात मिटरको कालोपत्रे रहने र सडकको दुवैतिर अढाइ–अढाइ मिटर ग्राभेल रहने इन्जिनियर मडैले बताए । ‘बजार क्षेत्रमा नाली पनि निर्माण हुने उनको भनाइ छ

    ।

     

    • हुलाकी राजमार्ग
    मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.