एसओएस बालग्राम धनगढीको समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम जरही अन्तरगत तीन दिने सञ्चार शीप विकास सम्बन्धि तालिम कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा आजबाट सुरु भएको छ ।
समुदायमा रहेका सर्वसाधारण नागरिकहरूलाई संञ्चारको पहुँचमा पुर्याउने तथा संञ्चार आदानप्रदानका विषयमा जानकारी दिलाउन कार्यक्रमले भूमिका खेल्ने समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम जरहिका कार्यक्रम संयोजक सुवास पोखरेलले बताए । ३ दिन सम्म सञ्चालन हुने तालिममा कैलालीको घोडाघोडी नगरपालिका ८ का १७ जना नागरिक सहभागी छन ।